• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चरा संरक्षण गर्न चितवनको सौराहामा छैटौं राष्ट्रिय कार्यशाला शुरु


  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
  • रत्ननगर/देशव्यापी रुपमा चरा संरक्षण गर्न चितवन सौराहामा छैटौं राष्ट्रिय कार्यशाला शुरु भएको छ । घोडाघोडी तालबाट पहिलो पटक शुरु भएको कार्याशाला कोशी, जगदिशपुर ताल हुदै छैटौं पटक चितवन सौराहामा आयोजना गरिएको हो । नेपालमा पाइने ८९२ प्रजाती चरा मध्ये अधिराज्य भरीमा १६६ प्रजाती र चितवनमा मात्रै ३२ प्रजातीका चरा संकटको सुचीमा रहेको कार्यशालामा जानकारी दिएको छ । कार्यशालामा सङ्कटापन्न अवस्थामा रहेका चराहरुको संरक्षण र बासस्थान व्यवस्थापनमा सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताएका छन् । नेपालमा चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न छैटौँ राष्ट्रिय कार्यशाला सुरू भएको हो । तीनदिने कार्यशालामा चरा संरक्षण र पक्षी पर्यटनको सम्भावनाको अध्ययन गरिनेछ । बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पक्षी संरक्षण संघले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा छलफल हुनेछ ।

    Advertisement

    कार्यशाला उद्घाटन कार्यक्रममा संघले नेपालमा २० वर्षको अवधिमा ३६ प्रजातिका चरा थपिएको जानकारी दिएको छ । बर्ड एजुकेसन सोसाइटीको तथ्याङ्कअनुसार चितवनमा मात्रै ६६० प्रजातिका चरा पाइन्छन्, जसमध्ये जिल्लामा दुई वर्षको अवधिमा चार प्रजातिका चरा थपिएको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।
    चालू आर्थिक वर्षमा चितवनमा नेपालमै पहिलोपटक नयाँ चरा फेला परेको छ । गत भदौ महिनामा नेपालमै पहिलोपटक चितवनमा चाइनिज बकुल्ला नामको चरा फेला परेको चौधरीले बताए ।
    सन् २००२ देखि सन् २०२२ सम्म आइपुग्दा ३६ प्रजातिका चरा थपिएको र १६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको जानकारी दिएको छ । नेपालमा सन् २००२ मा ८५७ प्रजाति रहेकोमा सन् २०२२ मा आइपुग्दा त्यो संख्या बढेर ८९२ पुगेको संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिइन् । सन् २००६ मा ८६२ पुगेको प्रजाति सन् २००९ मा एक बढेर ८६३ पुगेको थियो । सन् २०१२ मा ८७१ हुँदै सन् २०१६ मा ८७८ र सन् २०१८ मा ८८६ पुगेको थियो । हालै सम्पन्न चराहरुको अन्तराष्ट्रिय सम्मेलनबाट २० मिलियन डलर चरा संरक्षणका लागि विकासोन्मु राष्ट्रहरुले जम्मा गर्ने प्रतिवद्धता जनाएको समेत थापाले जानकारी दिइन् ।

    कार्यशालामा चरा लोप हुनुको कारण, संरक्षणका लागि भएका प्रयास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । जिल्ला तहमा गठन भएका बर्ड एजुकेसन सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थामा आबद्ध चरा संरक्षणकर्मीहरुले अनुभव आदानप्रदान तथा अवार्ड प्राप्त सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थाहरुले कार्यगत विवरण प्रस्तुत गर्नेछन् ।
    उद्घाटन कार्यक्रममा संघका कोषाध्यक्ष राजकुमार राईले राज्य, संरक्षणकर्मी र निकुञ्ज तथा आरक्षका कर्मचारीहरुको त्रिपक्षीय सहकार्यबाट मात्र चरा संरक्षणको कामले सार्थकता पाउने बताए । वार्षिकरुपमा प्रजाति बढ्दै गएको भए पनि सङ्कटापन्न अवस्थामा रहेका चराहरुलाई जोगाउने काम चुनौतीपूर्ण रहेको उनले बताए ।
    चितवन निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रीत यादवले बासस्थान र आहारको अभावका कारण नेपालमा चरा सङ्कटमा परेको बताए । पर्यटन विकासको दृष्टिकोणले मात्र नभएर जैविक विविधतागत सुन्दरताका लागि पनि चरा जोगाउनुपर्ने उनको भनाइ छ ।
    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले सङ्कटापन्न अवस्थामा रहेका १६६ प्रजातिका चरा जोगाउने योजनासहित काम गर्ने दायित्व राज्य र संरक्षणकर्मीको काँधमा रहेको बताए ।
    कार्यक्रमका प्रमुखअतिथि निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चराको बासस्थानमा मानवीय अतिक्रमणका कारण चरा जोगाउन मुस्किल भएको बताए । चराको अस्तित्व जोगाउन नसके जैविक विविधतामा गिरावट आउने भन्दै नेपालको पर्यटन व्यवसायसमेत चरामा निर्भर रहेको हुँदा उनले चरा संरक्षणका लागि पर्यटन व्यवसायीसमेत सचेत हुनुपर्ने बताए ।
    बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–६ का वडाध्यक्ष किरण महतो, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा देशभरका ६० जना चराविद्, चरा संरक्षणकर्मीहरुको सहभागिता छ ।

    बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.