धादिङ/धादिङमा सवारी दुर्घटना हुदाँ एक जनाको भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका – २ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य १२ जना घाइते भएका छन् । काठमाडौं तर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लम्जुङ्तर्फ जादै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस आपसमा ठोकिएको हो । माइक्रोबस बसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरु केहिको स्थानीय स्वास्थ्यसस्थामा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ । घाइते मध्य ७ पुरुष र ६ जना महिला रहेको प्रहरीले जनाएको छ ।
Advertisement




