• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लिटिल फ्लावर स्कुल,नारायणगढले भव्य रुपमा मनायो बार्षिकोत्सव


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • चितवन/लिटिल फ्लावर स्कुल नारायणगढले विभिन्न कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको छ । स्कुलले स्थापनाको २८ बर्ष पुरा गरेको अवसरमा मंसिर २९ र पुष १ गते सांस्कृतिक तथा रचनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो । विगतका बर्ष जस्तै बार्षिकोत्सवलाई निरन्तरता दिंँदै केही फरक किसिमले कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ ।
    बार्षिकोत्सवमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई विद्यार्थी, शिक्षक तथा अभिभावक बीच सद्भाव एवं भाईचाराको सम्बन्ध एवं स्कुलका विषयमा थप जानकारी हुने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो  । ‘यो हाम्रो नियमित कार्यक्रमको साथसाथै  यसले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलाप एवं आफ्नो क्षमता बृद्धि गर्न पनि मदत पुरयाउंँछ, पौडेलले भन्नुभयो , अर्कोकुरा अभिभावक ,शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई पनि प्रगाढ  बनाउंँछ ।’ दुईदिनसम्म चलेको कार्यक्रममा पहिलो दिन ४ सम्मका विद्यार्थीका अभिभावकलाई  निमन्त्रणा गरिएको थियो भने दोस्रो दिन ५ कक्षा देखि माथिका कक्षाका अभिभावक सहभागी हुनु भएको थियो  ।

    Advertisement


    कार्यक्रममा विद्यार्थीद्धारा आधुनिक तथा विभिन्न जातजातिका भेषभुषा सहितका नृत्य तथा प्रस्तुती  दिईएको थियो  । साथै विभिन्न रचनात्मक, सिर्जनात्मक प्रस्तुतीलाई समेत समावेश गरिएको थियो । सो अवसरमा पछिल्लो समय विद्यार्थीमा इन्टरनेट र ग्याजेटको दुरुपयोगबाट निम्तिने खतरा र यसमा अभिभावकले गर्नुपर्ने दायित्व र भुमिका बारे सचेतना दिईएको थियो  ।
    कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि लिटिल फ्लावर स्कुलका गोरखपुर प्रान्तका प्रमुख फादर सबु र दोस्रो दिन भरतपुर महानगरपालिका शिक्षा महाशाखा अधिकृत ऋषिराम शर्मा रहनु भएको थियो ।
    विशिष्ठ अतिथिमा चुननारायण श्रेष्ठ, र भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास थापा रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता  स्कुलका संस्थापक सदस्य समाजसेवी प्रेमकुमार श्रेष्ठले गर्नु भएको थियो ।
    प्रमुख अतिथि फादर सबुले  स्कुलले झण्डै तीन दशकको अवधिमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहांँले स्कुलको गुणस्तरीय शिक्षामा बृद्धि गर्न आफूले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
    अर्का प्रमुख अतिथि भरतपुर महानगर शैक्षिक महाशाखा अधिकृत  शर्माले अबको शिक्षा प्रविधिमैत्री, सूचना मैत्री हुनु पर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको विकास संँगै शिक्षा र सिकाईलाई परिमार्जित गर्दै रोजगारी मुलक बनाउनु पर्ने उहांँले बताउनु भयो । भरतपुर महानगरपालिकाका विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्नेमा आफूले सक्दो सहयोग गर्ने उहांँको भनाई थियो ।


    कार्यक्रमका अध्यक्ष  प्रेमकुमार  श्रेष्ठले विगत २८ बर्ष अघि स्थापना भएको यो स्कुलले पूर्वाधार र शिक्षाका गुणस्तरीय ठूलो फड्को मारेको बताउनु भयो । उहांँ लिटिल फ्लावर स्कुल चितवनकै नमुना स्कुल भएको बताउंँदै यस स्कुलप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताउनु भयो । आफूले संरक्षण र सहयोग गर्दै आएको भन्दै स्कुलको प्रगति प्रति आफूलाई गर्व महसुस भएको उहांँको भनाई थियो ।
    विशेष अतिथि चुननारायण श्रेष्ठले शिक्षा विना देशका कुनैपनि क्षेत्रको विस्तार र विकास नहुने भन्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कोरोनाको समयमा पनि स्कुलले आफ्नो दायित्व र धर्मलाई नबिर्सी नियमित कक्षा सञ्चालनको साथै राहतका कार्यक्रमलाई समेत सगैं लगी संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको उहांँले बताउनु भयो ।
    वडा अध्यक्ष थापाले आफ्नो वडामा चितवनकै ठूलो र गुणस्तरीय स्कुल स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहांँले शिक्षाको गुणस्तरमा थप वृद्धि गर्दै सबै वर्ग, क्षेत्रका विद्यार्थीहरुले पनि अध्ययन अध्यापनका लागि स्कुलले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
    स्कुलका प्रिन्सिपल फादर रोवी क्युले विद्यालयले विगतका बर्षहरुमा पनि यस्तै रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाउंँदै आएको जानकारी दिनुभयो । स्कुलले अतिरिक्त क्रियाकलाप र समाजसेवालाई समेत प्राथमिकतामा राखी अन्तरस्कुल नृत्य प्रतियोगिता , विभिन्न खेल तथा विज्ञान प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो । सबैको साथ र सहयोगले स्कुल यो अवस्थामा आउन सफल भएको उहांँको भनाई थियो ।
    स्कुलका भाईस प्रिन्सिपल फादर मम्जुसले बार्षिकोत्सव सफल बनाउन मदत गर्ने विद्यार्थी, शिक्षक ,कर्मचारी, अभिभावक तथा अन्य सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
    स्कुलमा हाल दश दुई जोड समेत गरी २हजार ४सय बढी विद्यार्थी अध्ययनरत छन ।

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.