भरतपुर/भरतपुर महानगरपालिकाले महानगर भित्र रहेका विभिन्न सार्बजनिक जग्गाहरुको सरक्षण गर्ने अभियान को शुरूवात गर्ने भएको छ । महानगरपालिकामा बिहीवार भएको भरतपुर महानगरपालिका अन्तर्गत समग्र सार्वजनिक जग्गाको सरक्षण बिषयक कार्यक्रममा महानगरपालिकाले जग्गा सरक्षण कार्य त्रिब गतिमा गरिने जनाएको छ । महानगरले २९ वटा वडामा भएका सार्बजनिक जग्गाहरुको सरक्षण तथा सम्बर्द्धन गर्ने जनाएको हो । महानगरपालिका भित्र हाल लगभग ६६ बिगाहा सार्वजनिक जग्गा रहेको महानगर उप प्रमुख चित्रसेन अधिकारीले जानकारी दिनु भयो ।

अब कुनै पनि बहानामा सार्बजनिक जग्गा हडप्न पाइदैन, यदि त्यस्तो गरेको पाइएमा कानुन अनुसारको कारबाही हुने पनि महानगरले जनाएको छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ११( २) को खण्ड क ले सार्बजनिक ऐलानी र पर्ती जग्गा, सार्बजनिक भवन, सम्पदा तथा भौतिक पुर्बाधारको सरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाइ तोकेको छ ।
Advertisement




