• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

जनगुनासो बढेपछि सांसद जोशी पुगे क्यान्सर अस्पताल

"गुनासो बढेपछि सांसद जोशी पुगे क्यान्सर अस्पताल, भन्छन्: सेवाको अवस्था चिन्ताजनक "

  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा सम्बन्धी व्यापक जनगुनासो बढेपछि बागमती प्रदेश सांसद उत्तम जोशी अस्पताल पुगेका छन् । जोशीले आज (बिहीबार) अस्पतालले दिने सेवाको निरीक्षण गरेका छन् । भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले र वडा सदस्यहरु, कांग्रेस भरतपुर ७ का वडा सभापति बिनोद ढकालसहित जोशी अस्पताल पुगेका थिए ।
    अस्पताल पुगेपछि बिरामीहरुले जोशीसँग व्यापक गुनासो राखेका थिए । बिरामी र बिरामीका आफन्तहरुले शल्यक्रियाका लागि अस्पतालले महिनौंसम्म झुलाउने गरेको गुनासो गरेका थिए । बिरामीहरुलाई बोलाएर समयमै शल्यक्रिया नगर्ने र यसले स्वास्थ्य जटिलताका साथै आर्थिक रुपमा पनि भार थपिने अधिकांशको गुनासो थियो ।
    अस्पतालको प्रशासन शाखा, प्रयोगशालालगायत सबै वार्डमा समयमा काम नहुने भन्दै बिरामीका आफन्तहरुले गुनासो गरे । प्रयोगशालाले एक-दुई दिनमा आउने रिपोर्टका लागि हप्ता दिनसम्म लगाउने गरेको भन्दै उनीहरुले सांसद जोशीसँग गुनासो पोखे ।
    अस्पतालमा भर्ना भएका रामनारायण साहुले आफूलाई शल्यक्रियाका लागि मंसिर १९ गते बोलाएर अझै शल्यक्रिया नभएको भन्दै गुनासो पोखे । कारण सोध्दा कुनै जवाफ नदिने गरेको उनको गुनासो थियो ।
    अस्पताल पुग्दा त्यहाँ बेथितिले सीमा नाघेको पाईएको जोशीले बताए । चिकित्सक तथा अन्य कर्मचारीहरु समयमै अस्पताल नपुग्ने, चिकित्सकहरु समयमै राउण्डमा नजाने, बारम्बार बिरामीलाई बोलाएर समयमै शल्यक्रिया नगर्ने जस्ता अनगिन्ती समस्याहरु देखिएको उनले बताए ।

    Advertisement

    ‘१५-२० दिनदेखि व्यापक रुपमा जनगुनासो आइरहेको थियो । आज म त्यहाँ पुग्दा यती गुनासो आयो कि भनी साध्य छैन । गुनासो पोख्ने ठाउँ जस्तो गरेर बिरामी र कुरुवाहरुले गुनासो माथि गुनासो राख्नुभयो । कुरुवाले नै अस्पतालको सबै कक्ष घुमाएर कहाँ के समस्या छ भन्दै गुनासो गरे । त्यहाँको अवस्था हेर्दा साह्रै चिन्ता लाग्यो । बेथितिले सीमा नाघेको रहेछ’, जोशीले भने ।
    उनले अघि भने, ‘टा-टाढाबाट बिरामीलाई बोलाएर डाक्टर समयमा नआउने, कार्यालय समयमा नआईपुग्ने । उपचार समयमा नभएपछि होटलमा बस्न पर्दा आर्थिक भारको अवस्था उस्तै । फजुल खर्च बढेको छ । बिरामी आएर बसेको तीन-चार दिन भइसक्यो अझै अप्रेसन भएको छैन । साह्रै चिन्ता लाग्यो ।’

    विपन्न नागरिक औषधि उपचार केन्द्रबाट सेवा लिन पनि काजगी झन्झट रहेको भन्दै यसलाई सहज बनाउनुपर्नेमा उनले जोड दिए । प्रयोगशालाले सबै परीक्षण नगरेर बाहिर पठाउने गरेको समेत पाईएको उनले बताए । अस्पतालको बीमा पनि झन्झटिलो रहेको उनले बताए । अस्पतालको सेवामा तत्काल सुधारको आवश्यकता देखिएको उनको भनाइ छ । यसका लागि तिनै तहका सरकार गम्भीर हुनुपर्ने उनले बताए ।
    बिरामीको गुनासो सुनेपछि सांसद जोशीले अस्पतालका कार्यबाहक निर्देशक कृष्णसागर शर्मा, प्रमुख प्रशासकीय अधिकृत गृहनारायण महतो, पूर्व निर्देशक विजय आचार्यलाई भेटेका थिए । भेटका क्रममा हाल जिल्ला बाहिर रहेका अस्पतालका अध्यक्ष र निर्देशक फर्किए लगत्तै बैठक बोलाउन भनिएको उनले बताए ।
    ‘अध्यक्ष र निर्देशक काठमाडौं जानु भएको भएर भेट हुन सकेन । मैले उहाँहरु फर्किए लगत्तै स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायसहित बसेर छलफल गरी सेवा सुधार गर्नुपर्छ भनेको छु’, जोशीले भने ।

    बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.