• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

आठौं खिचरा महोत्सवको तयारी तीव्र


  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
  • चितवन/आउँदो पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने आठौं संस्करणको खिचरा महोत्सवको तयारी तीव्र पारिएको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आज (शनिबार) पत्रकार सम्मेलन गरी महोत्सवलाई भव्य र आकर्षक बनाउन तयारी तीव्र पारिएको जनाएको छ ।
    महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको भन्दै यसवर्ष आकर्षणहरु थप गरिएको बताए । उनले सिमान्तकृत जातजातिको मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए । महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ वटा उपसमितिहरु बनाईएको छ । महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए ।
    महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभुषा सहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका फुड स्टल, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका स्टलहरु, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक स्टलहरु, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन् । महोत्सवमा एक जना पत्रकारलाई नगदसहित सम्मान समेत गरिने छ ।

    थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ब्राण्ड बनेको भन्दै यसलाई भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे । उनले थारु समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गरे ।

    Advertisement

    महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताए । उनले स्थानीय थारु युवाहरु र व्यवसायीहरुको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याईएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिदैँ आइरहेको बताए । उनले सोही कारण वर्षेनी महोत्सव घाटामा गएपनि थारु समुदायको पहिचानका लागि महोत्सवलाई निरन्तरता दिदैँ आइरहेको बताए ।

    महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुवात भएको थियो । अहिले यो महोत्सवले ठूलो आकार लिँदै छुट्टै ब्राण्ड बनेको छ । थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् । पत्रकार सम्मेलनमा खैरहनी १० का वडाअध्यक्ष मेनेजर चौधरी, वडा नं.१० का अध्यक्ष चन्द्रविक्रम चौधरी, वडा नं.९ का अध्यक्ष बन्धुराम चौधरी, थारु अगुवालगायतको उपस्थिति रहेको थियो ।

    https://www.youtube.com/watch?v=DyM8OuBYZlI

    शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.