नेपालको चर्चित रियालिटी सो “ब्लाइन्ड डेट” को पहिलो भागबाट चर्चामा आएकी झापा बुद्धशान्तिकि चेली नर्बदा लकान्द्रीले गायन क्षेत्रमा पनि आफूलाई उत्तिकै अब्बल साबित गरिरहेकी छिन् । सानैबाट गीत गाउन रूचाउने उनीले गाउँकै स्थानीय विद्यालयबाट आफ्नो अध्ययनको सुरुवात गरेकी हुन् भने हाल उनी सीतारमेश बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् । पहिलो लकडाउनभन्दा केही समय अगाडि आफ्नो कलाको सुगन्ध खोज्दै काठमाडौँ छिरेकी नर्बदालाई काठमाडौँले सुरुका दिनमा सोचेजस्तो सफलता नदिएकाे उनको भनाइ छ । राजधानीले संर्घषको पाठ सिकाएको उनी जे सिकिन् जे त्यही पढ्दै गइन् । रहर गायनमा भए पनि केही समयमा उनले “ब्लाइन्ड डेट” नामको रियालिटी सोमा आफ्नो अभिनयको यात्रा सुरु गरेकी थिइन् । विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी नर्बदाले केही समय विभिन्न क्लबमा आफ्नो प्रस्तुति समेत दिइसकेकी छिन् । एलिना चौहान, प्रदीप बेडवालसँग स्टेज सेयर गर्दै विभिन्न कार्यक्रममा भाग लिएकी नर्बदाले आफ्नो करियर गायन क्षेत्रमा नै बिताउने बताएकि छिन् ।
बुद्धशान्तिकी चेली नर्बदा गायनमा पनि अब्बल
बुद्धशान्तिकी चेली नर्बदा गायनमा पनि अब्बल
तपाईको प्रतिक्रिया




