• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

के छ भरतपुरमा खानेपानीको अवस्था ?


  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
  • चितवन/ भरतपुर महानगरपालिकामा ४ वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन वोर्डको तथ्याङक अनुसार अहिले खानेपानी प्रयोग गर्ने घरधुरी ३५ हजार घरधुरी पुगेका छन् । यो सँगै खानेपानी पिउने जनसंख्या २ लाख ३५ हजार जना पुगेका छन् । अहिले दैनिक ३ लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एव्म मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा विनियोजन भएको छ ।
    महानगरपालिकाले दिगो विकासको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको पाईन्छ ।
    भरतपुर महानगरपालिकाले ७ हजारसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशूल्क व्यवस्था छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिन उद्देश्यले निःशूल्क खानेपानी उपलब्ध गर्ने निर्णय गर्नुभएको थियो ।
    नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहँुचलाई तीब्र रुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल बताउनु हुन्छ । भरतपुरमा केही वर्षअघि घण्टै हिडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधिन रहेको उहाँको भनाई छ ।भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणधिन, डिपिआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।
    तीब्र सहरीकरण भईरहेको भरतपुरमा खानेपानीको वर्तमान अवस्था  यस्तो छ ः
    भरतपुर खानेपानी व्यवस्थापन वोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं.९,११ र १२ सेवा क्षेत्र रहने गरी रु २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
    यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी रु ३ करोडको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
    यस्तै प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.६ र १३ सेवा क्षेत्र रहने गरी रु ४ करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित पाईपलाईन विस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घर–घरमा खानेपानी पुग्ने छ ।
    यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.१५ सेवा क्षेत्र रहने गरी रु ३ करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड टंकी र डिप वोरिङसहित पाईपलाईन विस्तार भई आयोजना सञ्चालनमा आएको छ ।

    Advertisement


    यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सह–लगानीमा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित करिव ७२ कि.मी.पाईपलाईन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं.१० र ११ सेवा क्षेत्र रहने गरी रु २८ करोडको जखडिमाई सह–लगानी  खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
    यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं.९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना रु २ करोडको सर्वेक्षण सम्पन्न भई डिपीआर तयारी भई प्रकृया अगाडि बढेकोे छ ।


    यस्तै भरतपुर महानगरपालिका वडा न.१५ को फुलवारी खानेपानी आयोजना रु२ करोड ६९ लाखको हस्तान्तरण लिई १० कि.मि. पाईपलाईन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।
    नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत एडिबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं.१ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आर्थिक वर्षको अन्त्यमा डिपीआर तयार हुने सम्झौता भएको छ ।
    यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिक रुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १५ र वडा नं.२२ समेतका सेवा क्षेत्रहरुमा पाईपलाईन विस्तार गरि सेवा वृद्धि गरिएको छ ।
    प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.५ को कैलाशनगर रु २ करोड ७१ लाखको आनन्दपुर रु २ करोड ४९ लाखको र वडा नं.१५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाईपलाईन विस्तार कार्य सम्पन्न भई सेवा सुचार भएको सञ्चालनमा आएको छ ।

    मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.