• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

सानाकिसान कृषि सहकारी संस्था पदमपुरको अध्यक्षमा पुनःगोमा सिंखडाको नेतृत्व


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • कालिका/कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोमा सिंखडा चयन भएकी छन् । शनिवार सम्पन्न संस्थाको १३ औं बार्षिक साधरण सभा तथा चौंथो अधिवेशनले सिंखडाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी रहेकी छन् । यस्तै अन्य सदस्यहरुमा जानुका तिमिल्सीना, धनाकुमारी गिरी, बालकुमारी चौधरी, रिता महतो, बबिता महतो, सरस्वती पौडेल, सरस्वती आर्चाय, आशमाया तामाङ, मालती भट्टराई र कल्पना बस्नेत चयन भएका छन् ।  संस्थाको सचिव पदमा भने स्वत प्रबन्धक रहने विद्यानले व्यवस्था गरेको छ । संस्थाको प्रबन्धकमा शिलामाया बस्नेत रहेकी छन् ।
    यस्तै लेखा समितिको संयोजकमा विमला अधिकारी र सदस्यहरुमा शान्ति पौडेल, दुर्गा मरहट्टा चयन भएका छन् ।
    कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संस्थाकी अध्यक्ष गोमा सिंखडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सहकारीले बचत तथा ऋण लगानीसँगै आवश्यकता अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लिइ सस्तो ब्याजदरमा उत्पादन तथा आयमुलक शिर्षकमा लगानी गरी कारोवार बृद्धिगर्दै आएको अध्यक्ष सिंखडाले बताइन ।
    लेखा समिति संयोजक कमला चापागाँईले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा जेष्ठनागरिक टेककुमारी सापकोटालाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ठ बचत सम्मान यो वर्ष कालिका ५ की चेतिमाया बिकले पाएकी छिन् । एकमुष्ठ शयर खरिदकर्ता सुरजी चौधरीलाई समेत सम्मान गरिएको छ ।

    Advertisement


    कार्यक्रममा वागमती प्रदेश सहकारी शिक्षालय पूर्व लेखा अधिकृत कृष्ण आर्चायलाई समेत सम्मान गरिएको छ । संस्थाको विकासमा महत्पूर्ण योगदान दिएको भन्दै आर्चायलाई सम्मान गरिएको हो ।
    कार्यक्रममा १४ जना असल ऋणहरुलाई सम्मान गरिएको छ । यस्तै १४ जना एकल महिलाहरुलाई सम्मान गरिएको छ । यस्तै एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी र सामुदायिक विद्यालयका एकजना छात्र र एकजना छात्रागरी दुईजना विद्यार्थीलाई सम्मान गरिएको छ ।
    यसैगरी कार्यक्रममा स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।
    संस्थाको पहलमा शेयर सदस्यका छोराछोरीहरु मध्ये २१ जनालाई कृषि प्रशिक्षार्थीको रुपमा इजरायल पठाइएको छ । इजरायलमा गरिने आधुनिक कृषिको विषयमा शीप सिकेर उनीहरु स्वदेश फर्किसकेका छन् ।
    संस्थाले आवश्कता अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लिएर सस्तो व्याजदरमा उत्पादन तथा आयमुलक शिर्षकमा लगानी गर्दै आएको छ । साविक पदमपुर र जुटपानीलाई कार्यक्षेत्र बनाएर सेवादिँदै आएको संस्थामा आर्थिक वर्ष २०७८ को अन्तिम सम्म ४४८ वटा समुहमा, २३ सय ५२ जना सदस्य थिए । आर्थिक वर्ष २०७८÷०७९ अन्तमा बृद्धि भएर ४६५ वटा समुह पुगेको छ । यस्तै शेयर सदस्यको संख्या बढेर २४३८ जना पुगेका छन् ।
    सहकारीले किसानलाई लक्षित गरेर कृषि सामग्री र किट्नाशक औषधी बेचबिखनगर्दै आएको छ । कृषि उपज बस्तु तथा उत्पादनलाई बजारीकरणगर्नका लागि साविक पदमपुर १, वाटो न.. २ मा खरिद गरेको ३ कठा जग्गामा तरकारी फलफुल संकलन केन्द्र निर्माण गरेको छ ।
    किसानले उत्पादन गरेको तरकारी तथा फलफुलसँगै कृषिजन्य उत्पादनलाई संकलन गरी विक्रीवितरणका लागि प्रबन्ध मिलाउने, किसानहरुलाई सस्तो मुल्यमा खेतवारी खनजोतका लागि ट्याक्टर सेवा समेत प्रदानगर्दै आएको छ ।
    कालिका ६ मा सेवा केन्द्र, विस्तारगरेको छ । यो सेवाकेन्द्रलाई अहिले विषादी डिपोको रुपमा प्रयोग गर्दै आएको छ । गोदामघर निर्माण, संस्थाले ढुवानी सेवाका लागि ढुवानी साधन संचालनमा ल्याएको छ ।
    कार्यक्रमलाई संवोधन गर्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आय आर्जन र उत्पादनको क्षेत्रमा विकास नभए सम्म नगरको विकास नहुने बताए । साना किसान जस्ता सहकारी र अन्य वित्तीय संस्थाहरुले नगर क्षेत्रभित्रका किसानहरुलाई आय आर्जनमा अब्बल बनाउन सके सम्बृद्ध नगर निर्माणहुन समय नलाग्ने बताए । नगरक्षेत्रभित्रका सबैलाई सहकारीमा आवद्ध भएर उत्पादन तथा आय आर्जनमा लाग्न सुझाव दिए । नगर क्षेत्र भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका सधै सहयोगगर्न तयार रहेको उनको भनाई थियो ।
    संस्थाकी अध्यक्ष गोमा सिंखडाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुृख विमला लामा, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका हेटौंडाकी अधिकृत सुनिता घिमिरे, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपक भट्टराई, पदमपुृर बचत तथा ऋण सहकारी संस्थाका सचिव हरि अधिकारी, वागमती प्रदेश सहकारी प्रशिक्षालयका पूर्व लेखा अधिकृत कृष्ण आर्चाय लगायले मन्तव्य राखेका थिए । कार्यक्रममा हास्य कललाकार पुरुषोत्म भण्डारीको समेत प्रस्तुती थियो ।  ((००))

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.