गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसको छ। जसअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ५३, नेकपा एमाले ४२, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १ र स्वतन्त्र उम्मेदवार ५ स्थानमा विजयी भएका छन्।
Advertisement
अब ७ क्षेत्रको नतिजा सार्वजनिक हुन बाँकी छ। सुनसरी–३ र ४, उदयपुर–१ र धनुषा–४ को मतगणना जारी छ। त्यस्तै, ३ क्षेत्रमा भने मतगणना स्थगित भएको थियो। स्थगित भएका ३ स्थानमध्ये दोलखामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। स्याङ्जा–२ र बाजुराको मतगणना नै सुरु हुन सकेको छैन्।




