काठमाडौं /नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित कार्यक्रममा बाेल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएको बेला उद्योगहरु झनै धरासायी भएको बताए ।
Advertisement
परिसंघले स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गरिरहेकाे भन्दै उनले सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जाेड दिए । उद्योग खाेल्न जग्गा पाउनै कठिन भएको र पाइकाे जग्गा पनि निकै महँगो हुँदा उद्योग स्थापना महँगो भएको अग्रवालकाे भनाइ छ । सरकारले घाेषणा गरेकाे औद्याेगिक क्षेत्रमा उद्योग बस्ने वातावरणका लागि काम हुनुपर्नेमा उनकाे जाेड छ ।




