भरतपुर/“औद्योगिक लगानी र पूर्वाधार ः समृद्धिको बलियो आधार” भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र चितवन उद्योग संघको सह– आयोजनामा आठौैं राष्ट्रिय उद्योग दिवस–२०७९ सम्पन्न भयो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि खरेलले आठौं उद्योग दिवससम्म आईपुग्दा समयानुकुल उद्योगलाई टिकाईराख्न उद्योगीहरुले झेल्नु परेका समस्या र त्यसका समाधानका विषयमा प्रकाश पार्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, डिभिजनल वन कार्यालयका डिभिजन प्रमुख लोकराज नेपालले आठौं उद्योग दिवसको अवसरमा सम्पूर्ण उद्योगीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धिरेन्द्र प्रसाद पोखरेलले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायण प्रसाद खनालले कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयकी उद्यम विकास सहजकर्ता रञ्जु भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई सह–आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




