• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

देवी ज्ञवाली भन्छन्ः मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघिय सांसद उठ्न चाहान्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जितेर जाँदा मुख्यमन्त्री पाउने गरी । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट पराजित भए । उनकै ज्ञवाली यसपटक पराजयको श्रृखलालाई रोकेर जितको खोजीमा छन् । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (ख) बाट एमाले उम्मेदवार रहेका ज्ञवालीका लागि यसपटक सत्ता गठवन्धनका उम्मेदवार उत्तम जोशीको चुनौती सामाना गर्नुपर्ने अवस्था छ । जोशी कांग्रेस चितवनका पूर्व जिल्ला सचिव हुन् । जिल्लाको तुलनात्मक रुपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा रहेको छ । यो प्रदेश क्षेत्र (ख) मा भरतपुर महानगरपालिकाका ७ वडाहरु वडा नं. २, ४,५,७, १०,११ र १२ पर्दछन् । यहाँ ६२ हजार २४२ मतदाता छन् । निर्वाचन जिते बागमती प्रदेशको मुख्यमन्त्री हुने उनको योजना छ । प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानी…….

    Advertisement


    तपाईको चुनावी अभियान कहाँ पुग्यो ?अब अन्तिमतिर छौं । सबै जनताको घर घरमा चोक चोकमा, विभिन्न सञ्जालहरुको माध्यमबाट जनतासँग भोट मागेको छु । उहाँहरुले पनि मत दिने भन्नुभएको छ । उत्साही छु, यसपटक ।
    तपाई २०७४ मा भरतपुर महानगरको मेयर र २०६४ मा संविधानसभा सदस्यमा पराजित हुनु भयो ? यसपटक जित्ने आधार के छ ?
    जनतालाई थाहा छ की हामीले दिएको मत देवी ज्ञवालीलाई पुगेन र पराजय भोग्नुप¥यो भन्ने । मलाई २०७४ सालमा त माओवादीहरुले मतपत्र च्याँतेर जनमतको हत्या गरेर पराजय गराईएको हो । मलाई जनताले हराएका हैनन् । २०६४ मा माओवादीको देशब्यापी आएको माहोलले गर्दा पराजय भयो । तर, यसपटक मलाई जनताले जिताउनुहुन्छ । नपुगेको मत पु¥याएर कसैले हराउन नसक्ने गरी मत दिनुहुन्छ । मेरो जितको आधार भनेको मेरो राजनीति प्रतिको निरन्तरता हो । जनताको विश्वास हो । मैंले मेरो जीवन नै जनताका लागि सर्मपित गरेको छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तन र विकासमा म अथक योद्धा भएर लागेको छु ।
    एमालेका विरुद्धमा गठवन्धन छ ? गठवन्धन तुलनात्मक रुपमा बलियो पनि छ कसरी जित्नुहुन्छ ?
    गठवन्धन पानीको फोका हो । यसको कुनै अर्थ छैन । वितेको २ बर्षमा यो गठवन्धनको प्रदेश र केन्द्र सरकारले कुनै एउटा काम जनताको पक्षमा गरेको छैन । महंगी बढाउने, अत्याचार गर्ने, उद्योगी व्यावसायीहरु हायलकायल पारिएका छन् । खै त जनतालाई राहात ? खै त विकास ? केपी ओलीलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाए पछि देशको विकास ठप्प भएर रोकियो । नेताको गठवन्धन होला जनताको गठवन्धन हुँदैन । हामी यसपटक सजिलै जित्छौं ।
    तपाईं संघिय सांसद उठ्ने कुरा थियो, एकाएक प्रदेशमा झर्नुभयो किन ?
    कुरा सहि नै हो । म संघिय सांसद उठ्न चाहान्थे । तर, पार्टी भित्र सल्लाह भयो, सहमती भयो । म प्रदेशमा र कृष्णभक्त जी संघमा उठ्न हामी सहमत भयौं । मेरो गोरुको बाह्रै टक्का भनेर पनि त भएन । हामीमा एकता भाव छ । अहिलेको परिस्थितीले पनि हामीलाई एक ठाँउमा उभ्याएको हो ।
    तपाईं बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भनेर चुनावी प्रचार गर्नुभएको रहेछ ? खास के हो ?
    मलाई पार्टीले निर्वाचन जितेर जाँदै गर्दा प्रदेशको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने कुरा छ । म एमालेको १० औं महाधिवेशनमा सबैभन्दा बढि मत ल्याएर जित्ने केन्द्रीय सदस्य पनि हो । एमालेका नेता कार्यकर्ताको भरोसा पनि हो । म निर्वाचित हुँदै गर्दा मुख्यमन्त्री बन्ने अवस्था तयार हुन्छ । त्यसको लाभ चितवनका जनतालाई पनि हुन्छ । मेरो क्षेत्रका जनतालाई पनि हुने नै भयो । तर, विपक्षी उम्मेदवारले जित्दा त एउटा सांसद मात्रै हुने हो । अब मुख्यमन्त्री हुनसक्ने मान्छेलाई जिताउने कि सांसद मात्रै हुने उम्मेदवारलाई जिताउने जनताले फैसला गर्नुस् भनेको हो । र अर्को कुरा गठवन्धनले प्रदेशमा पनि २ बर्ष सरकार चलायो कति बदनाम भयो तपाईंले देख्नु भएकै छ । कति विकृती भित्रियो । झ्यालै पिच्छे मन्त्रालय बनाएर जनता माथि लुट मच्चाएको तपाईंले देख्नुभएकै छ । मनपरी, अराजकता हावी भयो । त्यसैले सुसंस्कृत र जनतामुखी शासनका लागि पनि एमालेलाई जिताउनुपर्छ । जनतालाई यो कुराको ख्याल भएको पाएको छु ।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.