• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

डेङ्गी सङक्रमण: रोगबाट बच्ने उपायहरू कस्ता?


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • यसपटक मनसुन सुरु हुनुभन्दा अघि नै डेङ्गी रोगको संक्रमण अस्वभाविक रूपमा देखा परेको चिकित्सकहरूले बताएका छन्। गएका वर्षहरूमा साधारणतया जुलाई महिनाबाट मात्र देखा पर्ने गरेको रोग यो पटक छिट्टै देखा परेकाले बढी सर्तकता अपनाउनु पर्ने चिकित्सकहरूले बताएका छन्।

    “मनसुनपछि मात्र देखिने डेङ्गी अगाडी नै देखिएकाले यो फरक खालको मान्नुपर्छ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाण्डूका प्रमुख डा. समीरकुमार अधिकारीले भने।

    Advertisement

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाहका अनुसार धरानमा वैशाख ३१ गते पहिलो पटक डेङ्गीको बिरामी फेला परेका थिए।

    बुधवारसम्म ४४२ जना ज्वरो आएर स्वास्थ्य परीक्षणमा आएका मध्ये १७६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको बताइएको छ।

    ‘र्‍यापिड रेस्पोन्स फर डेङ्गी आउटब्रेक कन्ट्रोल कमिटी’ का सदस्य महेश्वर राईका अनुसार जनचेतना फैलाउने र ठाँउठाँउमा लामखुट्टे मार्ने औषधी छर्ने काम भएको छ तर घरघरमा गएर लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट नगरुन्जेल डेङ्गीको सङ्क्रमण नरोकिने देखिएको छ ।

    हालसम्म घरघरमा त्यस्तो कार्य सुरु गरिएको छैन।

    डेङ्गी कसरी?

    बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गी सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ।

    प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।

    अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ।

    यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ।

    यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन।

    यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ।

    डेङ्गी

    सावधानीको उपाय के?

    घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्छ।

    बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ।

    घर भित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ।

    औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नु पर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत माइक्रोबायोलोजी तथा इन्फेक्सस् डिजिज् विभागका प्रमुख डा. वसुधा खनालले बताइन्।

    उनका अनुसार डेङ्गीको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ।

    डा. खनाल भन्छिन्: “यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको रोकथाम नै हो। लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।”

    “लामखुट्टेसँगै यसको प्रजनन गर्ने कार्य रोक्नुपर्छ। कसैको दिउँसो सुत्ने बानी भए पनि झुल प्रयोग गर्नुपर्छ। घरका झ्यालढोकामा जाली राख्नुपर्छ।”

    नेपालमा डेङ्गी सङ्क्रमण. . .
    Presentational white space

    डेङ्गी भएको कसरी थाहा पाउने?

    डेङ्गी हुँदा एक्कासी चर्को ज्वरो आउँछ। ज्वरो भाइरसको कारण आउँछ।

    जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्‍ने हुन्छ।

    कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत बग्ने डा. खनालले बताइन्।

    उनी भन्छिन्, “यो अरू ज्वरो जस्तै भएकाले छुट्टयाउन गाह्रो हुन्छ। त्यसैले चाँडै नजिकैको अस्पतालमा जचाउन जानुपर्छ।”

    डेङ्गी

    क्लिनिकल माइक्रोबायोलोजिस्ट डा. खनालका अनुसार बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि आन्तरिक र बाह्य रक्तश्राव हुन्छ।

    जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर एक प्रतिशत बिरामीको ज्यान जान्छ।

    सामान्य अवस्थाका बिरामीहरू अधिकांश बिस्तारै डेङ्गी ज्वरोबाट आफै निको पनि हुन सक्छन्।

    डेङ्गी भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खानु पर्छ।

    नेपालमा डेङ्गी कहिले सुरु भयो?

    नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए।

    त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमश: बढ्दै गएको छ। त्यस यता नेपालमा १४ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन्।

    सन् २०१७ मा सबैभन्दा बढी २ हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो।

    शाखा प्रमुख अधिकारीका अनुसार नेपालमा डेङ्गी भारतलगायतका देशबाट आएको भनिए पनि केही वर्षयता रैथाने डेङ्गी भाइरस पनि देखा परेको बताइएको छ।

    स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार नेपालका पहाड देखि तराईका विभिन्न जिल्लामा डेङ्गी रोगको सङ्क्रमण बढ्ने क्रम जारी छ।

    चिकित्सकहरूका अनुसार डेङ्गी रोगको प्रकार थाहा पाउन सेराटाइपिङ जाँच गर्नुपर्छ। सो मेसिन भएपनि जाँच गर्दा चाहिने सामग्री भने नेपालमा अभाव रहेको बताइन्छ।

    विश्व स्वास्थ्य सङ्गठनले पनि डेङ्गी रोगलाई जनस्वास्थ्यको प्रमुख चुनौतीमध्ये एक मानेको छ। संसारभर यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ।

    साभार: बीबीसी नेपाली सेवा

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.