• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन क्षेत्र नं. ३ (क) मा एमालेका कृष्ण भूर्तेल बलियो बन्दै


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • नेकपा एमालेका तर्फबाट चितवन क्षेत्र नं. ३ (क) का एमाले उम्मेदवार कृष्ण भूर्तेलको पक्षमा चुनावी माहोल बन्न थालेको छ । सोही क्षेत्रबाट २०७४ को निर्वाचनमा उठेर प्रदेश सांसद बनेका भूर्तेलले गरेको विकास र सत्ता गठवन्धन भित्रकै अन्तर्घातको फाइदा उठाउँदै निर्वाचन जित्ने अभियानमा छन् । उनका प्रतिस्पर्धी सत्ता गठवन्धनका उम्मेदवार सूर्यकान्त घिमिरे भन्दा भूर्तेलको माहोल निकै माथि उठेको छ । कतिपय गठवन्धनकै कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेता पनि भूर्तेलको पक्षमा खुलेर लागेका छन् । चितवन क्षेत्र नं. ३ मा एमालेको सहयोगमा कांग्रेसका नेता दिनेश कोइराला संघिय सांसदको उम्मेदवार छन् । कोइरालाको पक्षमा बन्दै गएको माहोलले भूर्तेललाई समेत फाइदा हुने देखिएको छ । कांग्रेस भित्र अन्यायमा परेर सधैं माओवादीलाई बोकेको भनेर विद्रोह गरेका दिनेश कोइरालाका पक्षमा कांग्रेसहरुसमेत लाग्न थालेका छन् । कांग्रेसकै उम्मेदवार हुनपर्छ भनेर हामीले हिजो आवाज उठाएका थियौं, आज दिनेश कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार छन् अब किन माओवादीलाई मत दिने ? एक कांग्रेसका क्रियाशील सदस्यले भने, दिनेशलाई कांग्रेस एमाले सबैले मत दिने हो।
    अघिल्लो चुनावमा सो क्षेत्रबाट दिनेश र कृष्ण भूर्तेलका विचमा नै चुनावी प्रतिस्पर्धा भएको थियो, तर यसपटक दिनेश र भूर्तेल एक अर्कोलाई मत मागिरहेका छन् ।

    Advertisement


    यो प्रदेश क्षेत्रबाट उम्मेदवार रहेका एमालेका नेता कृष्ण भूर्तेल मेघौलीका स्थानीय वासिन्दा हुन् । सादगी र त्यागी जीवन विताएका भूर्तेल २०५४ सालमा साविक मेघौली गाविसका अध्यक्ष बनेका थिए । जिल्ला विकास समिति चितवनमा एमालेको तर्फबाट पार्टी प्रतिनिधी भएर लामो समय काम गरेका उनले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष बनेर समेत पीडित जनताको पक्षमा काम गर्दै आएका थिए । उनी जनताको समस्याको समाधान गर्न आफैं भिड्ने गर्छन् । माओवादी कै कतिपय नेताहरुले समेत भूर्तेललाई मन पराउँछन् । एमाले उम्मेदवार भूर्तेल भन्छन्, ‘मैले विकासको काममा, जनतालाई परेका दुःख र समस्यामा कहिल्यै पनि पार्टी हेरेको छैन, मेरा लागि सबै जनता सामान हुनुुहुन्छ, म प्रदेशको सांसद हुँदा पनि कुनै विभेद गरिन, सबैतिर बजेट मिलाएर सकेको पठाएको छु ।’
    उनले वितेको ५ बर्षमा आफूले गरेको काम र जनताको सुखदुःखमा साथ दिएकै कारण जनताले मत दिने विश्वास पलाएको र उच्च मनोवलसहित घरदैलोमा ब्यस्त रहेको बताए । बागमती प्रदेश सांसद कृष्णप्रसाद भूर्तेलले चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) मा निर्वाचित भएपछि उनको पहलमा सो क्षेत्रमा अरवौंका बिकास निर्माणका काम भएका छन् ।


    यता, विद्यार्थी राजनीति गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रार बनेका सूर्यकान्त घिमिरे प्राविधिक मान्छे हुन् ।
    यो क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नः ६, ८, ९, १५,१६,१७,१८,१९, २०,२६, २७ र २८ नम्वर गरि १२ वटा वडा पर्दछन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत एमालेको भन्दा गठवन्धनको धेरै भए पनि भूर्तेलले त्यसलाई बदल्ने गरी अभियान चलाएको बताए ।
    प्रदेश क्षेत्र (क) मा ७८ हजार २ सय ८६ मतदाता छन् । यसअघि ६८ हजार मतदाता थिए । यहाँ २९ वटा मतदानस्थल र ८६ वटा मतदान केन्द्र तोकिएको छ ।

    हेर्नुस् एमाले उम्मेदवार भूर्तेलले गरेका मुख्य मुख्य कामहरुः

    १. राइनो पार्कका लागि १ करोड ८१ लाख ७७ हजार
    २. मेघौली कम्फेलक्सका लागि ३० लाख
    ३. भरतपु २८ को एकीकृत नमूना कुमाल बस्तीको कृषि पर्यटन कार्यक्रमका लागि १ करोड ५ लाख ।
    ४. भरतपुर–१६ मा गरिमा हरियाली पार्क निर्माणका लागि २० लाख, भरतपुर–२६ सिसहीमा थारु सङ्ग्रहालय भवनका लागि २५ लाख, भरतपुर–२७ सिमसार ताल व्यवस्थापन मचान निर्माणका लागि २५ लाख
    ५. भरतपुर–१७, श्यामलाल डाँडाबाट वार्ड कार्यालय जाने बाटोमा कालोपत्रेका लागि ४० लाख
    ६. भरतपुर–१५ विष्णुचोकबाट फूलबारी चौतारासम्म सडक कालोपत्रेका लागि ३० लाख
    ७. भरतपुर–९ विकासटोल र दीपज्योति मार्ग निर्माणका लागि ४० लाख
    ८. भरतपुर–१५ ज्ञानेश्वर मन्दिर परिसरमा पर्खाल निर्माणका लागि २५ लाख,
    ९. भरतपुर–१६ सामूहिक खेती विस्तारका लागि २० लाख,
    १०. भरतपुर–१९ बखान सहकारी तेल मिल स्तरोन्नतीका लागि २० लाख,
    ११. भरतपुर–१५ डगपुर शेराब लिङ्ग गुम्बा भौतिक निर्माणका लागि १५ लाख
    १२. भरतपुर–१५ घुमाउने चोक–एलौली चोकबाट सूर्यनगर स्कुल हुँदै सूर्यरत्न चोकसम्म सडक कालोपत्रेका लागि १ करोड ९९ लाख ८१ हजार,
    १३. भरतपुर–२० वार्ड कार्यालयबाट भीमचन्द्र स्कुल हँुदै गोर्खा मधुपुरी स्कुलसम्मको बाटो कालोपत्रेका लागि ३ करोड,
    १४. भरतपुर–२० आनन्दचोक, शिवालय मन्दिरको सडक कालोपत्रेका लागि ३८ लाख
    १५. भरतपुर–१९ को मिलडाँडा–रामपुर गौतमबुद्ध रङ्गशाला हुँदै शिवघाट जाने सडक कालोपत्रेका लागि ५० लाख
    १६. भरतपुर–२० फलेनी गाउँको सडक कालोपत्रेका लागि ५० लाख,
    १७. भरतपुर–१८ वसन्तचोकबाट बाबुरामचोक सम्म सडक कालोपत्रेका लागि ४० लाख,
    १८.भरतपुर–२६, २७ र २८ सिस्वार, सिसही, बालुवा, मगनी, नमुनाचोक, पिपरा, दद्रहनी हुँदै जीतपुर जाने सडक कालोपत्रेका लागि ८ करोड
    १९. भरतपुर–८ र ९ को हाकिमचोक–धरेचोक–मखनचोक हुँदै पाण्डे घुम्ती जाने बाटो कालोपत्रेका लागि १ करोड,
    २०. भरतपुर–६ र १३ को सिमाना जल्कुने चोकदेखि महाजन चोकसम्म सडक कालोपत्रेका लागि ५० लाख, भरतपुर–१९ गञ्जसिंह चोकबाट रानीपोखरीसम्म सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–२० लालसम चोकबाट फलेनी गाउँ जाने अधुरो सडक कालोपत्रेका लागि ५० लाख, भरतपुर–६ आँधीखोला चोकबाट उत्तर जंगल सिमानासम्म सडक कालोपत्रेका लागि ५० लाख विनियोजन भएको छ । भरतपुर–२० दद्रहनी रातापुर सडक कालोपत्रेका लागि ५० लाख
    भरतपुर–१८, चनौली बजार–वसन्तचोकबाट उत्तरतर्फको सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१८ चनौली बजार, डेरी चोकबाट गुञ्जनगर सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१६ टिकौली धाराचोकदेखि भंगेरीथानतर्फको सडक कालोपत्रेका लागि ४० लाख, भरतपुर–२६÷२७ सिमानाको तीनकुलेमा हेडवर्क निर्माण गर्न एक करोड २० लाख, भरतपुर–२० शंकरचोकदेखि भीमनगर–शारदानगर हेल्थ पोस्टसम्मको सडक कालोपत्रेका लागि २१ लाख, भरतपुर–२५ सिम्रहानी–शुक्रनगर सतह सिंचाइ कुलो योजनाका लागि १५ लाख, रसखुवानी–लेवरनगर सतह सिंचाइ योजनाका लागि १० लाख, भरतपुर–२७ एकीकृत भैँसी प्रवद्र्धन कार्यक्रमका लागि १५ लाख, भरतपुर–२० दद्रहानी गौचरण सिंचाइ कुलो निर्माणका लागि २० लाख विनियोजन भएको छ ।

    भरतपुर–१८, भुवनबस्ती विद्यालय भवन निर्माणका लागि १५ लाख, भरतपुर–२६ कालिका मन्दिर कम्पाउन्ड निर्माणका लागि १० लाख, भरतपुर–१७ मनकामना मन्दिर कम्पाउन्ड निर्माणका लागि १० लाख, भरतपुर–२८ साझा नमुना दुग्धको अधुरो भवन निर्माणका लागि १० लाख, भरतपुर–२० सकम्बरी कृषि संकलन केन्द्रका लागि २० लाख, भरतपुर–९ विकासटोल र दीपज्योति मार्गका लागि २५ लाख विनियोजन भएको प्रदेश सांसद् भूर्तेलले जानकारी दिए ।

    भरतपुर–२७ मा ५० प्रतिशत लागत कागती विस्तार कार्यक्रमका लागि १५ लाख, भरतपुर–२८ स्यालो ट्युवेल निर्माणका लागि पाँच लाख, भरतपुर–२८ अन्द्रौली बोरिङ निर्माणका लागि २५ लाख, भरतपुर–१६ वैकुण्ठचोक बाट भानुभक्त हुँदै काभ्रेघाटसम्मको सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–२७ गणेश मन्दिरचोकदेखि तीनकुले सडक कालोपत्रेका लागि २५ लाख विनियोजन भएको छ ।यस्तै, भरतपुर–२० धर्मोदय चोकबाट सूर्यनगर जाने सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–१८ फुच्चे चोकबाट ख्यांला चोकसम्मको सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–१९ प्रजापति चोकबाट नयाँबजर जाने बाटोका लागि २५ लाख, भरतपुर–६ पुल्लर चोकबाट अमरबस्ती जाने सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१६ ठूलोगढीदेखि सुन्दर चोक जाने बाटोका लागि २० लाख विनियोजन गरिएको छ । यो गत आर्थिक बर्षका मात्रै बजेट हो । त्यसअघिका आर्थिक बर्षमा पनि करोडौंका कार्यक्रम उनको क्षेत्रमा चलेका छन् ।

    प्रदेश संसदबाट आउने रकमको एकमुष्ठ रुपमा उनले एक करोड ५० लाख रुपैया शिक्षामा छुट्टाएका छन् । निकुञ्ज र जनताको द्वन्द्व व्यवस्थापनको लागि भरतपुर महानगरको वडा नं. २७ र २८ मा मेस जाली निर्माण ५० लाख, वडा नं. ९ को वसन्तचोकमा ढल निर्माणको लागि ५० लाख, देवनगर खानेपानीको लागि ३ करोड, वडा नं. १६ मा कालोपत्रेका लागि २ करोड दिए ।
    यसै गरी वडा नं. १७ को हरैया बेलुवा सडकको लागि एक करोड ५० लाख, वडा नं. २० को चनौली दद्रेनी सडकको पुल निर्माणको लागि डिपिआरसहित ६५ लाख, हाकिमचोकबाट पाण्डे धुम्तीको बाटोलाई प्रदेश सरकारको तर्फबाट रू १ करोड बिनियोजन गर्न प्रदेश सांसद भूर्तेल सफल भए ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.