भरतपुर/चितवन उद्योग संघ खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठको अध्यक्षतामा बैठक बसी थप सदस्य बिस्तार गरी कार्यसमितिलाई पूर्णता दिइएको छ ।
पुर्नगठित समितिको अध्यक्षमा प्रतिभा श्रेष्ठ, उपाध्यक्षमा युवराज पाठक, सचिवमा डोलबहादुर कार्की (अविनाश), कोषाध्यक्षमा शिवप्रसाद चिमरिया, सदस्यहरुमा केशव खनाल, कैलाश प्रसाद शाह, राशी लामा, रमेश खड्का, प्रकाश बस्नेत, विजन खनाल, वुद्धि बिसुराल रहनुभएको छ ।
त्यस्तै बैठकले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा चितवन उद्योग संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, निवर्तमान अध्यक्ष भेषराज दुवाडी, खैरहनी इकाई समितिका पूर्व सदस्य रामकृष्ण खतिवडा रहनुभएको छ ।
त्यस्तै बैठकले विजन खनालको संयोजकत्वमा ५ सदस्यीय खैरहनी इकाई समिति युवा उद्यमी मञ्च चयन गरेको छ । जसको सह–संयोजकमा अविनाश सापकोटा, सदस्यहरुमा अमरराज उप्रेती, किशोर अधिकारी, प्रज्वल बिसुराल चयन गरिएको छ । त्यस्तै बैठकले राशी लामाको संयोजकत्वमा खैरहनी इकाई समिति महिला उद्यमी मञ्च समेत चयन भएको छ ।
चितवन उद्योग संघ खैरहनी इकाई समितिले पायो पूर्णता
चितवन उद्योग संघ खैरहनी इकाई समितिले पायो पूर्णता
Advertisement
तपाईको प्रतिक्रिया




