जिरौना/दुमाडी भट्ट (अलिना गोत्रिय) हरुको कुल पुजा सम्पन्न गरिएको छ । जिरौनास्थित मन्दिर परिसरमा सय भन्दा बढी घरका भट्ट परिवारहरुले कुल पुजा गरेका छन् । प्रत्येक वर्ष विधिवत् रुपमा कुल पुजा गरी मनाईने प्रचलन रहेको छ ।
मन्दिर पुजा संचालन समितिका अध्यक्ष देवीप्रसाद भट्टको संयोजकत्वमा यत्रतत्र बसोबास गरिरहनुभएका दुमाडी भट्ट (अलिना गोत्रिय) भट्ट परिवारहरु जम्मा भई उक्त कुल पुजा गरिएको हो ।
कुल पुजाको अवसरमा दुमाडी भट्ट (अलिना गोत्रिय) मन्दिर पुजा संचालन समितिको पुर्नगठन समेत गरिएको थियो ।

कृष्णप्रसाद भट्ट (लालचोक) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पुर्नगठित गरी नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा राजु भट्ट (जुगेडी), सचिवमा गोकुल प्रसाद भट्ट, सह–सचिवमा होम प्रसाद भट्ट, कोषाध्यक्षमा सिता भट्ट (जिरौना) रहनुभएको छ । समितिको सदस्यहरुमा चेतनाथ भट्ट (जिरौना), रामप्रसाद भट्ट (जिरौना), पुष्पराज भट्ट (नारायणपुर), कृष्ण भट्ट (क्षेत्रपुर), तिलकुमार भट्ट (किसानचोक), इन्दिरा भट्ट (लालचोक), बद्री प्रसाद भट्ट (माधवपुर), कृष्ण प्रसाद भट्ट (माधवपुर) रहनुभएको छ ।

त्यस्तै मन्दिर पुजा संचालन समितिलाई सल्लाह सुझाव प्रदान गर्ने उद्देश्य अनुरुप देवीप्रसाद भट्ट (जिरौना) सल्लाहकार संयोजक रहने गरी ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा छविलाल भट्ट (माधवपुर), कृष्ण बहादुर भट्ट (पहलमान) जयमंगला, नोक प्रसाद भट्ट (जमुनापुर), कमलप्रसाद भट्ट (नारायणपुर), दीर्घ प्रसाद भट्ट (कालिका–६), टेक प्रसाद भट्ट (जिरौना) रहनुभएको छ ।

नवनिर्मित समितिले दुमाडी भट्ट (अलिना गोत्रिय) भट्टहरुको पहलमा निर्मार्णाधिन मन्दिरको अधुरो कामलाई पूर्णता दिने मन्दिरलाई व्यवस्थित बनाउने र चितवन आसपास रहेका दुमाडी भट्ट (अलिना गोत्रिय) हरुलाई एकवद्ध गराई अगाडि बढ्ने निर्णय समेत गरेको छ ।





