चितवन/नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी चितवनको आयोजना तथा मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी चितवनको संयोजक कमरेड अञ्जु गुरुङ्गको अध्यक्षता, नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी सचिव कमरेड बिजय सुबेदीको प्रमुख आतिथ्यता, नेकपा ( एमाले) जिल्ला कमिटी चितवनका सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटी चितवन क्षेत्र नं. २ “ख” का संयोजक पदम पाणी सुवेदी, नेकपा ( एमाले) चितवन जिल्ला सदस्य कमरेड केशब थापा निरु,नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) वाग्मती प्रदेश कमिटी सदस्य कमरेड शान्ती सुवेदी, मजदुर नेताहरु कमरेड सुमन भुजेल, कमरेड तुलबहादुर मगर लगायतको आतिथ्यतामा आज नेकपा (एमाले) चितवन जिल्ला पार्टी कार्यालयको हलमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भयो ।

कार्यक्रमको सुरुमा कार्यक्रमको अध्यक्ष कमरेड अञ्जु गुरुङ्गले कार्यक्रमको औचित्यताबारे बोल्नुहुदै यो देशमा मजदुरको पक्षमा कामगर्ने मजदुरको हितमा कामगर्ने सरकार भनेको केपि ओलिको सरकार हो भन्नुहुदै एमाले सरकारले बिगतमा मजदुरको हितमा गरेका कामहरुको चर्चा सहित आगामी मंसिर ४ पछि बन्ने एमाले सरकारले मजदुरका पक्षमा गर्ने एमालेको घोषणा पत्रमा उल्लेख गरिएका कामहरुको चर्चा गर्दै मंसिर -४ मा एमालेलाई अत्याधिक मतका साथ बिजयी बनाउन निर्वाचन प्रचारप्रसारको विभिन्न योजना सहितको प्रस्तावहरु पेश गरेर सुरु भएको कार्यक्रममा अतिथिहरु कमरेड केशब थापा “निरु”, कमरेड पदमपाणी सुवेदी र कमरेड बिजय सुवेदीले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभयो ।

भेलाले मजदुर क्षेत्र निर्वाचन परिचालन समिती चितवनको संयोजक कमरेड अञ्जु गुरुङ्गको संयोजकत्वमा २३ सदस्यीय सचिवालय, कमरेड केशव थापा ” निरु ” को संयोजकत्वमा अनुगमन समिती र चितवनको ३ वटै संघिय निर्वाचन क्षेत्र र ६ वटै प्रदेश निर्वाचन क्षेत्रको मजदुर क्षेत्र निर्वाचन परिचालन समिति निर्माण गरेको छ । भेलामा कमरेड सुमन भुजेलको नेतृत्वमा कमरेड तुलबहादुर मगर सहितका ५ जना मजदुर नेताहरु अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुप परित्याग गरि जिफन्टमा प्रवेश गर्नुभएको छ । भेलालाई स्वागत मजदुर क्षेत्र निर्वाचन परिचालन समिति चितवनका सचिव तथा जिफन्ट भरतपुर महानगरपालिका कमिटी अध्यक्ष रुद्र उप्रेतीले र संचालन जिफन्ट भरतपुर महानगरपालिका कमिटी सचिव राजन ढकाल ले गर्नुभएको थियो ।




