• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं /बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृतिहरु एकैसाथ लोकार्पण गरिएको छ । कैनीकृत निबन्ध संग्रह अदृष्‍य मनका शादृष्‍यहरु, कविता संग्रह सीमाहिन सीमाहरु, कथा संग्रह भिसागर्ल, कविता संग्रह रङको पहिचान र गजल संग्रह प्रतिबिम्ब शनिवार प्रज्ञा भवनमा आयोजित लोकार्पण कार्यक्रम माझ प्रा. डा. अभि सुवेदी, सर्जक डा. बच्चुकैलाश कैनी, पुर्व मन्त्री अमरराज कैनी, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ, समालोचक प्रतिक ढकाल, प्रा. खेमनारायण पौडेल, शिवप्रकाश, साहित्यकार रमेश पौडेल एवम् कार्यक्रमकी सभापति साहित्यकर प्रभा कैनीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्नु हुँदै प्रा. डा. अभि सुवेदीले एकै साथ ५ वटा कृतिहरु प्रकाशनमा ल्याउन सक्नु कृतिकारको गहन उपलब्धी रहेको बताउनुहुँदै उक्त कृतिहरुमा जीवनको विशाल क्यान्भासलाई छोटकरीमा लेख्ने शिल्प कलालाई कृतिकारले उजागर गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा कृतिकार कैनीले आफनो मुख्य रुचिको विधा कविता भएको बताउनु हुँदै विगतमा ४० को दशकताका आफना सिर्जनाहरु प्रकाशन गर्ने अभिलाषासहित गोरखापत्रको कार्यालय धाउने गरेको स्मरण ताजै रहेको बताउनु भयो । साथै उहाँले कार्य व्यस्तताबाट हुने मानसिक थकानलाई मेटाउन आफु निरन्तर साहित्य साधनामा तल्लिन रहदै आएको उपज उक्त कृतिहरु पाठक माझ पस्कन सफल भएको बताउनुभयो । कार्यक्रम माझ विशिष्ट अतिथिको आसनबाट बोल्ने क्रममा पूर्व मन्त्री अमरराज कैनीले डा. बच्चु कैलाश कैनी अभाव एवम् विभिन्न प्रतिकुलतासँग जुध्दै मेधावी क्षमता, संघर्ष र अथक मेहनत तथा परिश्रमबाट माथि उठेको व्यक्ति भएको बताउनु हुँदै अस्पताल व्यवस्थापनसँगै कृतिकारले साहित्यको क्षेत्रमा पनि आफनो अब्बल क्षमता प्रस्तुत गर्दै आफुलाई बहु प्रतिभाशालीका रुपमा प्रमाणित गर्न सफल समेत रहेको उल्लेख गर्नुभयो । सो अवसरमा चिकित्सकद्व्य वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोईराला र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सुदिप श्रेष्ठले डा. कैनीले क्रमश: विगतमा ह्रदय रोग अस्पताल र हाल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेण्टरमा कार्यरत रहदै गर्दा अस्पताल व्यवस्थापनको क्षेत्रमा प्रस्तुत गर्दै आउनु भएको क्षमताको तारिफ गर्नुहुँदै साहित्य सिर्जनाको क्षेत्रमा पनि उस्तै प्रशंसनिय कार्यहरु गर्न सफल रहेको आशय व्यक्त गर्नुभयो । त्यसैगरि, समालोचक एवम् साहित्यकारत्रय प्रतिक ढकाल, प्रा. खेमनारायण पौडेल र शिवप्रकाशले कैनीका कृतिहरुको बारेमा समिक्षा गर्नुहुँदै उक्त कृतिहरु पढदा सर्जकका मनका कुरा, जीवनवादी मुल्य, सकारात्मक सोच, राजनीतिक सन्दर्भ, समसामयिकताको आत्मसात गर्न सकिने बताउनुहुँदै पेशाभन्दा फरकधारको अक्षरको दुनियाँमा समर्पित भएर लाग्न सक्नु नै उहाँको जित भएको महशुस गर्न सकिने आशयको धारणा राख्नुभयो । त्यसैगरि, कृतिको प्रकाशक संस्था आवरण प्रकाशनका प्रमुख तथा साहित्यकार रमेश पौडेलले डा. कैनी आफनो बालसखा समेत रहेको स्मरण गर्नुहुँदै कृतिकारको लेखन कला एवम् इच्छा शक्तीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहुँदै साहित्यकार प्रभा कैनीले बच्चुकैलाश लगनशिलता, मेहनत र परिश्रमका पर्याय रहेको बताउनुहुँदै त्यसैको बलमा प्रगतिको शिखर चुम्न सफल बहुआयामिक व्यक्ती रहेको उल्लेख गर्नुभयो ।

    Advertisement

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.