• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • कास्की/गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ ।आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशले १०औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । नवौँको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औँ राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेपछि पोखराले राष्ट्रिय खेलकुदको बिदाइ गरेको हो ।

    Advertisement

    विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, मार्चपास र आतिशबाजीसहित भव्य समारोहका बीचमा नवौँको बिदाइ गरियो ।  पोखरा रङ्गशालामा भरिभराउ दर्शकले खुसीयाली मनाउँदै राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा सहभागिता जनाए । गण्डकी प्रदेशका आठ जिल्लामा गतअसोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका ३६ खेल सञ्चालन भए । केही गुनासा, केही अभाव र अव्यवस्थाका बीचमा समग्रमा गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुद भव्य बनेको खेलकर्मीको बुझाइ छ ।

    चार दशकपछि आयोजनाको जिम्मेवारी पाएको गण्डकीले भव्य गरेर प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा छ हजारभन्दा बढी खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे, नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम भयो र प्रतियोगिता सकियो ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बन्यो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा पनि आर्मी सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।

    पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित दुई सय १९ पदक जितेर द्वितीय भएको छ । नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ ।  घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्येमा पहिलो हुन सफल भयो ।

    गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैटौँ भएको छ ।  सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जित्न सफल भयो । एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कास्य गरी कुल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ । रासस

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.