• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

इँटा उद्योग कामदारको राष्ट्रिय सम्मेलन सौराहामा


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • सौराहा/चितवनको सौराहामा इँटा उद्योग कामदार समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको सोमबार बिहान उद्घाटन गरिएको छ । सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेश इनिसियटिभ काठमाडौँकाअनुसार सम्मेलनमा ४० उद्योगमा कार्यरत विभिन्न १८ जिल्लाका १०८ जनाको सहभागिता रहेको छ । ‘कामदारमैत्री उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका राष्ट्रिय निर्देशक सुरेश पण्डितले जानकारी दिनुभयो । ग्लोबल फेयरनेश इनिसियटिभले सन् २०१४ देखि ‘बेटर ब्रिक नेपाल’ परियोजना सञ्चालन गरेर इँटा उद्योगमा काम गर्ने कामदारहरुको श्रमसँग सम्बन्धित विभिन्न पाँच वटा मुद्दाहरुमा काम गर्दै आएको पण्डितले बताउनुभयो । कामदारको श्रमसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्दै इँटा उद्योगको रुपान्तरण, बालश्रम निषेध, श्रमिकको बालबालिकाको शिक्षा, बाध्यात्मक श्रम निषेध तथा कामदार र उद्योगीको व्यवहारसहितका मुद्दाहरुमा काम गर्दै आइरहेको पण्डितको भनाइ छ ।
    इँटा उद्योगको गुणस्तरमा विकास, धुवाँ उत्सर्जनको नियन्त्रणमा टेवा पु¥याउन प्रदूषण मापन तथा मापदण्ड भित्र राख्न लगाउने, रोजगारदाता र श्रमिकको सम्बन्ध सुधारमा काम गर्ने सरकारी ऐनको कार्यान्वयन र पालना गराउने लगायतका विषयमा ग्लोबल फेयरनेश इनिसियटिभले काम गर्दै आएको छ । नेपालमा हाल एक हजार २९६ भन्दा बढी इँटा उद्योगहरु कानुनी रुपमा सञ्चालनमा छन् । परियोजना आगामी जुन २०२३ सम्म सञ्चालन हुने भन्दै पण्डितले अहिलेसम्म संस्थाको तर्फबाट धेरै कामहरु गरिएको बताउनुभयो ।

    Advertisement


    इँटा उद्योगको श्रमिकहरुको राष्ट्रिय सरोकार परिषद् निर्माण गरिएको, इँटा उद्योग सञ्जाल गठन भएको त्यस्तै, इँटा उद्योगको अुनगमन र निर्देशन गर्दै समस्याहरु राष्ट्रिय स्तरमा लैजाने र समाधान गर्ने काम भइरहेको पण्डितको भनाइ छ । परियोजना सञ्चालनमा आएपछि उद्योगहरुमा ३४ वटा इसीइसी केन्द्र सञ्चालन गरेर दुई हजार ९२३ जना तीन वर्षमुनिका बालबालिकालाई अध्ययन गराएको, हालसम्म एक हजार ८२९ जना बालबालिकालाई विद्यालय पठाएको पण्डितले बताउनुभयो । त्यस्तै, १५६ वटा बालश्रम मुद्दा समाधान गरिएको, २३ हजार १३८ जना कामदारलाई गुणस्तर तथा श्रम विषयमा तालिम प्रदान गरिएको पण्डितको भनाइ छ ।
    संस्थाका कारण उद्योगीहरुलाई धेरै सहज भएको जैसवाल इँटा उद्योग सञ्चालक पवनकुमार मिश्रले बताउनुभयो । उद्योगले गर्नुपर्ने धेरै कामहरु संस्थाले गरिदिएको भन्दै मजदुर र उद्योगीको बीचमा सम्बन्ध सुधार भएको मिश्रको भनाइ छ । ग्लोबल फेयरनेश इनिसियटिभले परियोजना लागू गरेपछि उद्योगमा काम गर्ने कामदारका बालबालिकाले शिक्षादीक्षा पाएका, बाध्यात्मक श्रम घटेको, कामअनुसारको उचित ज्याला पाएको, काम गर्ने समय निश्चित भएको मिश्रले बताउनुभयो ।
    अहिले इँटा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाहरु बाध्यात्मक श्रमबाट मुक्त हुँदै उचित शिक्षा लिने अवस्थामा पुगेका छन् । सम्मेलनको उद्घाटन सत्रमा श्रम रोजगार तथा सुरक्षा मन्त्रालय अन्तर्गतको दिगो विकास लक्ष्य कार्यक्रमकी नुतन शर्माले देशभरका एक हजार २०० इँटा उद्योगमा दुई लाख बढी कामदार कार्यरत रहेकोमा त्यहाँ ३० हजार बालबालिका रहेको बताउनुभयो । जोखिमपूर्ण क्षेत्रको रुपमा इँटा उद्योग रहेको भन्दै यसमा सरकारले विशेष निगरानी बढाउनुपर्ने शर्माको भनाइ छ ।
    कार्यक्रममा गैरसरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरेले इँटा उद्योगहरुले सरकारका नीति, नियम पूर्णरुपमा पालना गर्नुपर्ने बताउनुभयो । उद्योगी र श्रमिकबीच सम्बन्ध विस्तार गर्दै जानुपर्ने भन्दै घिमिरेले सरकारले गर्ने काममा गैरसरकारी संस्थाहरु समन्वय गर्नु अत्यन्त राम्रो भएको बताउनुभयो । उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुको अवस्था दयनीय हुने भएकाले उनीहरुको अधिकारका बारेमा सबै सचेत हुनुपर्नेमा घिमिरेले जोड दिनुभयो ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश सदस्य कृष्णचन्द्र पाण्डे, आईजीडीएन तनहुँका अध्यक्ष कमलहरि जिसी, ईएसडीओ कपिलबस्तुका सदस्य विष्णु अर्याललगायतले मन्तव्य राख्नुभएको थियो । ग्लोबल फेयरनेश इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहायक कार्यक्रम व्यवस्थापक भास्कर कुमार अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.