• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सरकारले ल्याएको बजेटमा चितवनलाई प्राथमिकतामा परेका आयोजनाहरु

"शक्तिखोरमा नीजि क्षेत्रको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गरिने  "

  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • चितवन/सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा चितवनलाई प्राथमिकतामा राखेको छ । विगतमा भन्दा यसवर्ष चितवनमा धेरै आयोजनाहरु सम्पन्न गर्नका लागि सरकारले बजेट विनियोजन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार दुवै सदनमा बजेट प्रस्तुत गर्दै चितवनलाई केन्द्रमा राखेर तीन वटा दु्रतमार्ग निर्माण गर्ने घोषणा गरेका छन् । उनले काठमाडौंदेखि चितवन एक घण्टामा यात्रा गर्न सकिने गरि चन्द्रागिरी–पालुङ–चित्लाङ–चितवन द्रुतमार्ग घोषणा गरेका हुन् । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।

    Advertisement

    यस्तै सरकारले चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणको लागि अध्ययन गर्न बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले यस सुरुङमार्गसहित अन्य सुरुङमार्ग अध्ययनको लागि एक अर्ब बजेट विनियोजन गरिएको जनाएका छन् । सुरुङ मार्ग निर्माणका लागि यसअघिका सरकारहरुले पनि बजेट विनियोजन गरिएको भए पनि खासै कार्य प्रगति हुन सकेको छैन । यो सुरुङ मार्ग बनेमा सडक मार्ग ३० किलोमिटर बढी छोटो हुने विज्ञहरुको दाबी छ ।

    त्यस्तै सरकारले शक्तिखोरमा नीजि क्षेत्रसंगको साझेदारीमा औद्योगिक क्षेत्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ । उनले औद्योगिक क्षेत्र निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका छन् । चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । त्यसपश्चात औद्योगिक क्षेत्रका लागि वर्षेनी बजेट विनियोजन हुँदै आइरहेको छ । तर कार्यप्रगति भने खासै अघि बढेको छैन ।

    यस्तै सरकारले चितवन खैरहनी नगरपालिका–१० कठारमा रिफ्रेसिङ सेन्टर निर्माणको गर्ने घोषणा गरेको छ । स्थानीय तह र प्रदेश सरकारसंगको समन्वयमा युवा तथा खेलकुद शीर्षक अन्तर्गत रिफ्रेसिङ सेन्टर निर्माण गर्ने घोषणा गरेको हो । त्यसका लागि आवश्यक बजटको व्यवस्था गरिने भएको छ ।

    सरकारले भरतपुरमा शिक्षक अस्पताल निर्माण अघि बढाउने समेत घोषणा गरेको छ । अर्थमन्त्री शर्माले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको जनाएका हुन् । शिक्षक अस्पताल चितवनको भरतपुरमा निर्माण गर्ने यसअघि नै शिक्षा मन्त्रालयले निर्णय गरिसकेको छ ।

    सरकारले चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण समेत गर्ने भएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको राप्ती नगरपालिकाको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिनुभएको हो । हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ । साथै अर्थमन्त्री शर्माले खाना पकाउने एलपी ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने जानकारी दिनुभएको छ ।

    यस्तै नारायणी नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि अध्ययन गरिने भएको छ । अर्थमन्त्री शर्माले बजेट भाषणका क्रममा सिग्नेचर पुल निर्माणका लागि आवश्यक अध्ययनका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

    त्यस्तै सरकारले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिन बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले रंगशालाका लागि आवश्यक बजेट विनियोजना गरिएको जानकारी दिनुभएको हो । धुर्मुस–सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशाला निर्माण कार्य अहिले बजेट अभावले रोकिएको छ । फाउण्डेशनले रकम जोहो गर्न नसकेपछि भरतपुर महानगरपालिकालाई रंगशाला निर्माणको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो ।

    सोही अनुसार महानगरपालिकाले संघीय सरकारसंग बजेट विनियोजन गरिदिन आग्रह गरेको थियो । महानगरको बजेटले मात्रै रंगशालालाई पूर्णता दिन नसकिने भएकाले संघ र प्रदेश सरकारको समन्वयमा अघि बढाउन महानगर लागि परेको थियो । फाउण्डेशनले रंगशाला निर्माणको क्रममा १८ करोड ऋण लागेको लेखाप्रतिवेदन सरकारलाई बुझाएको छ । यही कारण सरकारले रंगशाला निर्माणको स्वामित्व लिनमा ढिलाई गरिरहेको थियो । यस्तै सरकारले नौबिसे–मुग्लिन सडक चौडा गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सडक चौडा नहुँदा काठमाडौं जाने सवारी साधनहरु घण्टौंसम्म जाममा पर्ने गरेका छन् ।

    यस्तै सरकारले भरतपुर महानगर भित्रमा ढल निर्माणको व्यबस्था, औद्योगिक ग्राम, नारायणी तटबन्धन र नारायणीको पर्यटन बिकास, महानगरको प्रशासनिक भवन, सिंचाई तथा खानेपानी र शहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगत बजेट विनियोजन भएका छन् ।

    काठमाडौंदेखि चितवन एक घण्टामा यात्रा गर्न सक्ने द्रुतमार्ग बनाउने सरकारको घोषणा :

    सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।

    चितवनको नारायणी नदीमा सिग्नेचर पुल निर्माणका लागि अध्ययन गरिने :

    चितवनको नारायणी नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि अध्ययन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा सिग्नेचर पुल निर्माणका लागि आवश्यक अध्ययनका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।

    चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गरिने :

    सरकारले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई पुर्णता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेमा रंगशाला निर्माणलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको जनाएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशाला बजेट अभावका कारण अहिले काम रोकिएको छ ।

    मुग्लिन–नौबिसे सडक विस्तार गर्न १० अर्ब विनियोजन :

    सरकारले नौबिसे–मुग्लिन सडक चौडा गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बजेट विनियोजन गरेको बताएका हुन् ।

    चितवनको कठारमा रिक्रियशन सेन्टर निर्माणको गर्ने घोषणा :

    सरकारले चितवनको कठारमा रिक्रियशन सेन्टर निर्माणको गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा चितवनको कठारमा स्थानीय तह र प्रदेश सरकारसंगको समन्वयमा युवा तथा खलकुद शिर्षक अन्तर्गत रिक्रियशन सेन्टर निर्माणको गर्ने बताएका हुने । त्यसका लागि आवश्यक बजटको व्यवस्था गरिने भएको छ ।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.