चितवन/ चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ । अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुनुहुन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई राजीनामा बुझाउनुभएको हो ।
Advertisement
अधिकारी तत्कालीन नेकपा नेतृत्वको सरकारका बेला भरतपुर अस्पतालको अध्यक्ष हुनुभएको थियो । अस्पतालमा मेडिकल अफिसरमा रहेर काम गर्नुभएको डा. अधिकारी ३ वर्ष विदा स्वीकृत गरेर अध्यक्ष बन्नुभएको थियो ।




