मेरो जन्म भयो,भयो,किन भयो?सन्जोग हो प्रीतको सारा खेल रहेछ यो प्रकृतिको आनन्द सङ्गीतको ! बाआमा वरदान भन्छ मनले दाता विधाता गुनी मेरो यो अवतार सार रचना आस्चर्य लाग्ने सुनी! मान्छेको महिमा बुझेर अहिले मान्छे हुने तालमा अभ्यासी बनियो अनेक भनियो आफन्त नेपालमा मान्छेमा करुणा भए मनुज हो कल्याणकारी बने मान्छेको कविता हुनेछ रसिलो सन्सार आफ्नै भने
जे जे भो पहिले भयो,सब भयो अन्जानमा मानियो? सारा होश हवास दूर वनमा के के भयो धानियो मान्छे एक अनेक रूप उसको हात्ती जरायो उही गैंडाबाघ मयूर गिद्ध वनको ब्वाँसो बिरालो दुई
हे मान्छे,सुन आज भन्छु कविता मान्छेहरूको बढी हे मान्छे,चुन ताज हो सरलता आयो सुनौलो घडी साथी एक कुमार शान्त मनले सोचे बुझे धाममा राखे भित्र पवित्र भाव सुकिलो राम्रो हुने गाममा!
बिर्सेहुन्छ हिजो,भयो अब गयो,आऊ विवेकी बनी मायामा रसिलो हुनेछ रचना गाऊ छिमेकी भनी प्रेमी प्रेम गरेर चित्त रसिलो पारे भयो सिर्जना सारा क्रोध सुधार रीस मनको मारे गरी साधना!




