भरतपुर/गण्डकी प्रदेश गोर्खा जिल्लाका विभिन्न क्षेत्रबाट चितवनमा बसाईसराई आएका भट्ट (कौशिका गोत्र)हरुका दाजुभाईहरुबीच भेटघाट भएको छ । गोरखा नगरपालिका वडा नं. १ निवासी स्व.भद्रकुमारी भट्टको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिको अवसरमा भरतपुरमा एक कार्यक्रमका बीच गोत्रिय दाजुभाईहरुको भेटघाट गरिएको थियो ।
भेटघाटको अवसरमा भट्ट (कौशिका गोत्र) दाजुभाईहरुबीच चिनजान, भाइचाराको सम्बन्ध र आत्मीयता बढाउने उद्देश्यका साथ प्रेमप्रसाद भट्टको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति समेत गठन भएको थियो । नवगठित सदस्यहरुमा राजु भट्ट, गोकुल भट्ट, केशव भट्ट, भवराज भट्ट, कमला भट्ट र उषा भट्ट रहनुभएको छ । समितिले राजेन्द्र भट्टको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा ऋषिराम भट्ट, खगेन्द्र भट्ट, साधुराम भट्ट रहनुभएको छ ।
राजेश होटल हाकिमचोक भरतपुरमा बसेको तदर्थ समितिको पहिलो बैठकले चैत्र १५ गते शनिबार बिहान १० बजे जखेडी माई नजिक बैठक बस्ने र बैठकबाट महत्वपूर्ण निर्णयहरु गरिने तदर्थ समितिका संयोजक प्रेमप्रसाद भट्टले जानकारी दिनुभयो ।




