नारायणगढ/गण्डकी नारायणी संरक्षण महाआरती परिषद्को आयोजनामा सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन नारायणगढ चितवनको नारायणी नदी तटमा आजबाट आमरण तथा रिले अनशन प्रारम्भ भएको छ। परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज लगायत साधु सन्त धार्मिक नेतृत्व हरु अनशनमा बसेका छन् । साथमा दैनिकरूपमा अन्य २५ जनाले पनि रिले अनशन गर्ने आयोजकले जनाएको छ। उक्त अनशन कार्यक्रमलाई ‘सनातन संस्कृति संरक्षण सत्याग्रह’ नाम दिएको छ। परिषद्ले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, सम्पूर्ण पालिकाहरूमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, नेपालका जातजाति तथा उपजातिहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी राष्ट्रिय सनातन आयोग गठन गर्नुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, कालीगण्डकी (कृष्णागण्डकी) लाई जीवित आस्था (देवी) का रूपमा स्वीकार गर्दै नेपाल सम्पदा सूचीमा सूचीकृत गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने लगायतका माग छ्न।
Advertisement




