भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १ नारायणगढ वरपर, चेम्बर रोड तथा नारायणी नदी किनारमा मोबाईल सम्पर्क नहुने समस्या रहेकोले सो समस्या समाधानका लागि नेपाल टेलिकम चितवनका कार्यालय प्रमुख नवीन कुमार मिश्र समक्ष उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले समस्या अवगत गराउनु भई मोवाइल सम्पर्क नहुने समस्या समाधानका लागि अनुरोध गर्नुभयो ।
Advertisement
मोवाईल सेवा सहज नहुनाले व्यवसायीक क्रियाकलापमा समेत असर परेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । उक्त भेटमा कार्यालय प्रमुख मिश्रले उक्त क्षेत्रमा यथाशक्य छिटो फोर जी सेवा र मोवाईल सेवा सहज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । डेलिगेसनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र संघका कार्यकारी निर्देशक निलबहादुर केसीको सहभागिता रहेको थियो ।




