नारायणगढ/यामाहा मोटरसाइकल तथा स्कुटरको लागि आधिकारिक बिक्रेता नविन अटो सेन्टरले केन्द्रीय बस टर्मिनलमा यामाहा एक्सेन्ज मेलाको शुभारम्भ भएको छ । भाद्र २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने मेलामा लक्की ड्रबाट प्रत्येक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टि.भि., हात खाली नजाने रु ६००० नगद पुरस्कार, फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो ।

मेलामा कुनैपनि ब्राण्डका मोटरसाइकल, स्कुटरसँग एक्सचेन्ज गर्न सकिने, मूल्याङ्कनमा नगद रु ६ हजार छुट दिईने, जिरो प्रतिशत स्किम सुविधा, किस्तामा लिन चाहनेहरुको लागि तीन किस्तासम्म छुटको व्यवस्था, प्रत्येक टेष्ट डाइभको समेत व्यवस्था गरिएको नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो । मेलामा ग्राहकहरुलाई जुनसुकै पुरानो मोटरसाइकलको उपयुक्त मूल्य प्रदान गरि यामाहाका कुनैपनि नयाँ मोटरसाइकल लिन सकिने व्यवस्था समेत गरिएको छ ।




