• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

आत्महत्या रोकथामका लागि स्वदेश फाउण्डेशनको प्रयास


  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • काठमाडौं /विश्व आत्महत्या रोकथाम दिवस १० सेप्तेम्बरका अवसरमा स्वदेश फाउण्डेशन नेपालले राजधानीको पिंगलास्थानमा रहेको नेपाल फिल्म क्याम्पसमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले आत्महत्या रोकथामका लागि जनचेतनामुलक कार्यक्रमलाई देशका सवै जिल्लाहरुमा पुन्याउनु पर्नेमा जोड दिनु भयो । मन्त्री केसीले अहिले पनि देखासेकि , सामाजिक परिवेश , आर्थिक कारणले गर्दा मानिसहरुले आत्महत्या गरिरहेको अवस्था रहेको बताउनु भयो । स्वास्थ्यसेवा प्रदायकहरूले आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एकभएर अघि बढ्न जरुरी भएको बताए मन्त्री केसीले बताउनु भयो ।

    Advertisement

    स्वास्थ्यसेवा प्रदायकहरूले आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एकभएर अघि बढ्न जरुरी भएको र आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनु पर्ने , व्यक्ति, परिवार, समाज, राष्ट्र र पुरा विश्व एकजुट भएर यो समस्या विरुद्ध लाग्नु पर्नेमा मन्त्री केसीले जोड दिनु भयो । यसैगरी अन्तक्रिया कार्यक्रमकी सभापति तथा स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष गंगादेवी उप्रेतीले सरकारले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई विदेश उच्च शिक्षा अध्ययन गर्न जान रोक लगाउनु पर्ने , नेपालमा खुलेका कन्सलटयान्सीहरुले विद्यार्थीहरुलाई सही जानकारी नदिने, त्यहाँ विदेशमा गएर काम सजिलै पाइन्छ भन्ने भ्रमले विद्यार्थीहरु त्यता आकर्षित हुने तर त्यहाँ गएर पढाईसंगै कामको तनाब भएर धेरै विद्यार्थीले विदेशमै आत्महत्या गर्ने गरेको बताउँदै सरकारले विदेश विद्यार्थी पठाउने कन्सल्टयान्सीहरुलाई निगरानीमा राख्नु पर्नेमा जोड दिनु भयो । सो कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका मनोविज्ञान विभागका विद्यार्थीद्धय नम्रता सिंह र रुसु कटटेलले “स्वघात प्रति सामाजिक मनोविज्ञानको दृष्टिकोण “ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने ओम अस्पतालकी प्राध्यापक शुस्मिता नेपालले “स्वघात प्रति जनस्वास्थ्यको दृष्टिकोण “विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    यसैगरी त्रिचन्द्र कलेजका प्राध्यापक तथा मनोविद र सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान) का अध्यक्ष पदम प्रसाद घिमिरेले आफु केका लागि बाचिएको त्यो हेर्नु पर्नै बताउँदै नेपालमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै मनोविज्ञ मनोज दाहालले एक व्यक्तिले एकजना मात्र सुसाइडको मनसाय भएका व्यक्तिलाई जोगाउन सकियो भने त्यो ठुलो उपलब्धि हुने बताउँदै आफना बच्चालाई अरुसंग तुलना नगर्न र उसलाई पढाईमा बढी दबाव दिनु नहुनेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल सङ्गीत विद्यालयमा दृष्टि विहीन विद्यार्थीद्धय किरण दाहाल संजीय चौधरीले गायन प्रस्तुत गरेका थिए । ।सो कार्यक्रमको संचालन स्वदेश फाउण्डेशन नेपालका उपाध्यक्ष तथा नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल शिसीर उप्रेतीले गर्नु भएको थियो । विश्व आत्महत्या रोकथाम दिवस सन २००३ देखि हेरक वर्ष सेप्टेम्बर १० तारिखका दिन अन्तराष्ट्रिय आत्महत्या रोकथाम संस्था (आइएसपि) ले विश्व स्वास्थ्य संगठन(डब्लयु एच ओ)को सहयोगमा मनाउन थालेको हो । डब्लयु एच ओले सन २०२१ देखि २०२३ सम्मको नारा क्रिएटिङ्ग होप थ्यु एक्सन (ऋचभबतष्लन ज्यउभ त्जचयगनज ब्अतष्यल० राखेको छ । विश्व स्वास्थ्य संगनका अनुसार हरेक वर्ष विश्वमा अनुमानित सात लाख तीन हजार व्यक्तिले स्वघातबाट मृत्युवरण गर्ने गरेका छन ।

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.