चितवन/चितवन जिल्ला स्तरीय द्धन्द्ध प्रभावित महिला सञ्जालको अध्यक्षमा पार्वती खड्का चयन हुनुन भएको छ । द्वन्द्व प्रभावित महिलाहरुको मानव अधिकारको प्रत्याभुत सहितको न्याय, परिपुरणको प्राप्तिका लागि ७ वटै पालिकाका महिलाहरु संगठित भई विशेष भेला मार्फत समिती चयन गरेका हुन् । महिलाहरुलाई न्यायका लागि आवाज उठाउन सशक्त गर्ने उदेश्यले आदर्श नारी विकास केन्द्र चितवनको सभाहलमा ७ वटै पालिकाको प्रतिनिधित्व हुने गरि १३ सदस्यीय समिती चयन गरिएको हो ।
समितीको उपाध्यक्षमालालकुमारी सिलवाल, सचिवमा सपना राना, सहसचिवयमकलाचुहाई र कोषाध्यक्षलक्ष्मी नेपाली रहनुभएको छ । यस्तै सदस्यहरुमा दण्डमाया रोका कडेल, रिताबोगटी, रुकमायाअधिकारी , मिना घिसिङ,लक्ष्मी घले,लक्ष्मीअधिकारी रहनुभएको छ । यस्तैगरि आजै सल्लाहकार समिती समेत चयन गरिएको छ । सल्लाहकार संयोजकमा सरितापौडेल पौडेल र संरक्षक आदर्श नारी विकास केन्द्रकाअध्यक्षमीना खरेल रहनुभएको छ ।
जिल्लाभरिका द्वन्द्वप्रभावितमहिलाहरुलाई संगठित गर्ने र महिलाहरुलाई न्यायकालागिआवाज उठाउन सशक्त गर्ने उदेश्य सहित यस संजालको गठन गरिएको संस्थाकाअध्यक्ष खरेलले जानकारी दिनुभयो ।
नवनिर्वाचितअध्यक्षपार्वती खड्काले १० बर्षे शसस्त्र द्वन्द्वबाट प्रभावितमहिलाहरुलाई संगठित गर्दै न्यायकालागिपहल गर्न र सरोकारवालानिकायलाई झकझकाउन सञ्जाल गठन गरिएको बताउनुभयो । शान्ती सम्झौताभएको १६ बर्ष वितिसक्दापनिमहिलाका सवालमा राज्य मौन रहेको र महिलाको योगदानको कहिकतै कदर हुननसकेको उहाँको भनाई थियो । सचिव सपना रानाले द्धन्द्धको बेलामहिलाले भोगेका भोगाई र पीडा विसाउने सुरक्षित स्थान समेत नभएको र घाइते शरिरलिएर हिड्नुपर्ने अवस्थाकामहिलाहरुले द्धन्द्धको घाउ विसाउने चौतारी समेत नपाएकाले महिलाहरुको मात्र संगठन आवश्यकभएको बताउनुभयो ।
आदर्श नारी विकास केन्द्र,द स्टोरी किचन र युरोपियनयुनियनको सहयोगमा सञ्चालितन्यायकालागि सहास २.० परियोजनाअन्तर्गत सो भेला गरिएको हो ।
चितवन जिल्ला स्तरीय द्धन्द्ध प्रभावित महिला सञ्जालको अध्यक्षमा पार्वती खड्का चयन
चितवन जिल्ला स्तरीय द्धन्द्ध प्रभावित महिला सञ्जालको अध्यक्षमा पार्वती खड्का चयन
Advertisement
तपाईको प्रतिक्रिया




