बुटवल/नेपाल राष्ट्र बैंकले आगामी कार्तिक १ गतेदेखि लागू गर्न लागेको चालु पू्ँजी कर्जा सम्बन्धी मापदण्ड विषयमा रुपन्देही उद्योग संघमा अन्तरक्रिया सम्पन्न भएको छ । रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षता नेपाल राष्ट्र बैंकका मुख्य व्यवस्थापक रन्जना पौडेल, अधिकृतहरु र संघका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्य उद्योगीहरुको सहभागितामा सम्पन्न अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकले लागु गर्न लागेको नयाँ मापदण्डको विषयमा छलफल गरिएको हो । कार्यक्रममा स्वागत गर्नुहुँदै संघका अध्यक्ष माधब प्रसाद पौडेलले चालु पूँजी कर्जा सन्दर्भमा नयाँ मापदण्ड लागू हुन लाग्दै गर्दा उद्योगीहरुका थुप्रै गुनासाहरु रहेको तथा नयाँ मापदण्डको बारेमा पूर्ण जानकारी समेत नहुँदा अन्यौलता देखिएका कारण अन्तक्र्रिया मार्फत उद्योगीहरुका जिज्ञासाहरु मेटाउने र उद्योगीहरुका गुनासाहरु सम्बन्धित निकायमा पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका मुख्य व्यवस्थापक रन्जना पौडेलले कर्जाको सही सदुपयोग होस् सबै बैंकहरुबाट प्रवाह गरिने कर्जाको सिमामा समेत एक रुपता होस् भन्ने उद्देश्यका साथ उद्योगीहरुकै हकहितका लागि र जुन शीर्षकमा लिएको हो सोही क्षेत्रमा पुगोस् भन्ने उद्देश्यका साथ नयाँ मार्ग दर्शन लागू गर्न खोजिएको बताउनु भएको थियो । वहाँले नयाँ मापदण्डमा केही सुझावहरु ग्रहण योग्य भएमा सम्बन्धित निकायमा सुझाव सहित पेश गरिने समेत बताउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक सुजल ढुंगानाले सहजीकरण गर्नु भएको थियो । चालु पूँजी कर्जा सम्बन्धमा जारी हुन लागेको नयाँ मापदण्डका विषयमा उद्योगीहरुबाट उठेका जिज्ञासाहरु उपर वहाँले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार भूपाल कुमार श्रेष्ठ, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य लालबहादुर थापा, प्रज्ज्वल थान्जु, उद्योगीहरु चन्द्रमान श्रेष्ठ, कन्हैयालाल कसौधन, दिपक खनाल, देविराम पाण्डे, विवेकरत्न गुभाजु रमेशराज आचार्य, तुल्सी गुरुङ्ग, लोकेन्द्र लिम्बु लगायतले जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले नेपाल राष्ट्र बैंकले लागू गर्ने नीतिगत परिवर्तनले उद्योग क्षेत्रमा पार्ने प्रभावको बारेमा समेत ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा संघका पूर्ब अध्यक्ष बोनिन पिया, निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, संघका आर्थिक सल्लाहकार डा.खगराज शर्मा, अडिटर्स एशोसिएसन रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेल, सिटीजन बैंक लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ, लगायतले मन्तव्य राख्नु भएको थियो ।
संघका महासचिव हरि बहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष जीवकान्त काफ्लेको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्य, वस्तुगत समिति संयोजक, नेपाल राष्ट्र बैंकका सहायक निर्देशक शुशिल खनाल, चाटर्ड एकाउन्टेन्टहरु, बैंकरहरु र संघका सदस्य उद्योगीहरुको सहभागिता रहेको थियो ।

Advertisement