• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

“मानव बेचबिखन होस हवासै उडाउने शब्द”


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • आज भदौ २० गते अर्थात सेप्टेम्बर ५ तारीख ।आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस । हरेक वर्ष झै आज पनि ५ सेप्टेम्बरको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि आमनागरिकहरुमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाउने गर्द्छ । आजको दिनलाइ बिश्वब्यापी रुपमै अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा भब्य र सभ्य तरिकाले मनाउने गरिदै आइएको छ । नेपालमा पनि आज विभिन्न सघ सस्थाले बिबिध कार्यक्रमहरु गरि मनाउदै छन । नेपाल सरकारले पनि आजको दिनलाइ बिशेष दिनको रुपमा परिभाषित गरेर मनाउने निर्णय गरेको छ । हुन त अघिल्ला बर्षहरुमा पनि नेपालले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसलाई भब्य तरिकाले नमनाएको भने होइन तर बाह्र बर्ष कुकुर पुच्छर ढुङग्रोमा हाले पनि जस्ताको त्यस्तै भने झै भएको छ । मानव बेचबिखन भन्ने बित्तिकै मान्छे मान्छे बिचको ब्यापारिक कारोबार भन्ने बुझिन्छ ।

    Advertisement

    मानव बेचबिखन भन्ने शब्द आफैमा निकै डरलाग्दो, भयानक,र उत्तेजक छ । किनकि यो शब्दको उच्चारण हुने बित्तिकै कतिपय मान्छेहरुको होस हवास नै उड्छ । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती सलग्न गराउछ । मानव बेचबिखन बाट समाजका कुनै पनि जात, बर्ग, लिङग, धर्म का मानिसहरु चोखो र शुद्ध छैनन् । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती वा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्गको कारोबार , बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिनुलाइ मानव बेचबिखन तथा ओसारपसार भन्ने गरिन्छ । अहिलेको समयलाइ २१ औ शताब्दीको युग अर्थात आधुनिकीकरणको युग पनि भनिन्छ तर पनि जतिऔ शताब्दी भनिएपनी समाजमा यस्ता अपराधिक क्रियाकलाप, अपहरण, लुटपाट , चोरी डकैती लगाएतका घटनाहरु दिन प्रती दिन आज भन्दा भोलि र भोलि भन्दा पर्सि क्रमश बढ्दै गएको पाइन्छ । नेपालसहित विश्वका धेरै देशहरूमा मानव बेचबिखन तथा ओसार-पसार निक्कै गम्भीर समस्याका रूपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन् । यसले के प्रष्ट देखाउछ भने समाजमा रहेका तपाईं हामी सबै नागरिक कुनै न कुनै दृस्ठिकोणबाट पीडित भएका छौ । त्यसो त पछिल्लो समय नेपालमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था तपाईं हामीले सोच्नै नसकिने खालको रहेको विभिन्न तथ्यांकले देखाइरहेको छ । गरिवी र बैदेशिक जागिरको प्रलोभन वा बिहेवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी हुने गरेका उदाहरणहरु हाम्रा समाजमा बिद्दमान छन ।

    चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको एक अध्ययनले देखाएको छ । शक्ति समूहको तथ्यांकअनुसार चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ । विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाको भनाइ छ । लामो समय देखि मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आइरहेको शक्ति समूह भन्छ चितवन लगायत नेपालमा मानव बेचबिखनको अवस्था निकै दयनीय र भयाबह रहेको छ । शक्ति समूह मानव बेचबिखन ओसारपसारको क्षेत्रमा अनवरत रुपमा काम गर्दै आइरहेको सस्था हो । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको देखिन्छ । बिदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांकले देखाएको छ । प्रति एक सयमा एक जनाको मात्रै उद्वार हुने गरेको छ । कुनै पनि बाहनामा कसैलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुलाइ पनि मानव बेचबिखन भनिन्छ । ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ ।

    रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। अमेरिका आफ्नो प्रतिबेदनमा भन्छ, मानव बेचबिखन रोक्नलाई पर्याप्त कदम चाल्न नेपाल असफल रहेको छ। प्रतिवेदनमा उसले अगाडि थपेको छ नेपालीहरू जाने गन्तव्य मुलुकमा उनीहरूको अधिकारको संरक्षण हुने गरी सम्झौता गर्न आवश्यक छ । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ । नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिनेमा कुनै शका नहोला । त्यति मात्रै कहाँ हो र मानव बेचबिखन तथा ओसारपसार सग सगै बाल शोषण, महिला हिसा, अबैध बेश्याबृती, लागू औसध ओसारपसार लगाएतका अन्य थुप्रै विषयहरुमा कडा निति नियम बनाएर कानुन सम्बत कारबाही गर्नु पर्ने आजको टड्कारो आवश्यकता हो ।

    सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लाइ संशोधन गरी संघीय संरचना अनुकूल बनाएको छ । ऐनको दफा १७ मा भनिएको छ मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद वा २ लाख मध्ये कुनै एक वा दुवै जरिवानाको व्यवस्था छ । मानव बेचविखन तथा ओसारपसार ऐनको दफा ४ मा कुनै पनि उद्देश्यले मानिस बेच्ने, किन्ने,वेश्यावृत्तिमा लगाउने, मानिसको अङ्ग झ्क्निे, वेश्यागमन गर्ने कार्यलाई मानव बेचविखन भनिएको छ । मानव बेचविखन सम्बन्धी अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन परम्परागत कानूनी परिभाषाको कुनै अर्थ नभएको बिज्ञहरु बताउँछन् । मानव बेचविखन जस्तो जघन्य अपराधको मामलामा पनि नेपाल सरकार मौन देखिन्छ ।

    यसले के देखाउछ भने मानव बेचविखनको सवालमा सरकारले उल्टै अपराधीहरुलाइ सहयोग गरेको हो कि भन्ने विश्लेषण पनि गर्न थालिएको छ । यो अमानवीय र दण्डनीय अपराध रोक्न हामी सबैको थप सक्रियता र प्रतिवद्धता आवश्यक छ । मानव बेचबिखनलाई कानूनले दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । घर घरमा आएको सिहदरबार र गाउँ गाउँमा आएको स्थानीय सरकारलाइ नै सम्पूर्ण जिम्मेवारी दिएर कानुन सम्बत मानव बेचविखनका विरुद्धमा काम गर्न प्रोत्साहन गर्न जरुरी छ । अहिले नगरे कहिले गर्ने, हामिले नगरे कस्ले गर्ने भन्ने सिद्धान्तलाई आत्मसात गरेर तपाईं, म र हामी सबै नेपाली एक भएर अगाडि बढ्न सके मात्र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउनुको खास महत्त्व सावित हुने छ । अनि मात्र हामीले भोलिका हाम्रा सन्ततिलाई कु मार्ग बाट फिर्ता बोलाएर सहि मार्गमा हिडाउन र डोर्‍याउन सकिन्छ । ( लेखक अधिकारी नेपाल पत्रकार महासघ चितवनका सदस्य तथा नेपाल प्रेस युनियन चितवनका जिल्ला कार्यसमिति सदस्य हुन )

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.