भरतपुर/सवै पार्टिहरुमा देशभर चुनावि सरगर्मि र टिकट वाँडफाँड चलिरहेकाे छ। नेकपा(एमाले) चितवनकाे प्रदेश २(ख) काे लागि भरतपुर-११ का निवर्तमान जनप्रतिनिधि वडाअध्यक्ष भईसकेका वावुराम अधिकारीले समेत आवेदन दिएका छन्।
विध्यार्थि जिवनकालवाट नै शशक्त राजनितिमा प्रवेश गरेका अधिकारी साविक जगतपुर गाविसमा वि•सं• २०५८-२०६२ नेकपा(एमाले) गाउँकमिटि सचिवका रुपमा २ कार्यकाल, वि•सं• २०६६-२०७२ सम्म भरतपुर-११ काे पार्टि अध्यक्ष, २०७४ काे स्थानिय तह निर्वाचनवाट जननिर्वाचित वडा अध्यक्ष, नेकपा(एमाले) चितवनकाे २ कार्यकाल जिल्ला कमिटि सदस्य रहिसकेका छन्। हाल जिल्ला कमिटि सदस्य र भरतपुर-११ का ईन्चार्ज समेत रहेका अधिकारी ससस्त्र द्वन्दकालमा राज्यपक्षवाट पिडित व्यक्ति समेत हुन्। आफ्नाे जिवनकालनै राजनितिमा हाेमिएका अधिकारीलाई प्रदेश २(ख) मा टिकट दिनुपर्ने व्यक्तित्व रहेकाे आम क्षेत्रवासीले वताएका छन्।




