भरतपुर/ उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसिय लेखा सम्बन्धी तालिम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र चितवन अटोमेकानिक व्यवसायी संघको सयुक्त आयोजनामा सम्पन्न भएको हो । अटोमेकानिकल व्यवसायीहरुलाई लक्षित गरि लेखा तालिमको आयोजना गरिएको थियो ।
उहांले सरकारले लिएका लेखा तथा राजश्व सम्बन्धी नया“ नीति,नियम लगायतका बिषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेले उद्योग वाणिज्य संघ–चितवन संग सहकार्य गरेर कार्यक्रम गर्न पाईएकोमा संघलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभएको थियो ।
उहा“लाई नवराज पोखरेलले पशिक्षमा सहयोगीको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम ऋत्भ्ख्त् नारायणी बहुप्रविधिक शिक्षालयका अटोमोबाइल कोडिनेटर आदित्य शर्मा तिम्सेनाले अटोमोवाईल सम्बन्धी व्यवसायीहरुलाई ज्ञान दिनु भएको थियो । संघका सदस्य, एवं अटोमेकानिकल व्यवसायी संघका सदस्य लगायत उद्यमी व्यवसायीलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष द्धय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताउंदै आजको कार्यक्रमले सहभागिमा उर्जा थपेको बताउनु भयो । चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।




