फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले दिदी तिनीहरूबीच आपसी सद्भाव कायम गर्न तिज महोत्सवको आयोजना गरिएको बताइन् । बरिष्ठ सौन्दर्य विद् महराले कोभिडको कारण तीन वर्ष पछि कार्यक्रम आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र सहकार्यको मार्ग प्रसस्त गर्ने बताइन् ।

व्यवसायमा अब्बल नारी महराले फेसियल हाउसले महिला दिदी बहिनीको चौतर्फी विकासका लागि एकल र संयुक्त प्रयासमा विभिन्न कार्यक्रम र सीपमुलक तालिम समेत सञ्चालन गर्दै आएको पनि जानकारी दिइन् ।कार्यक्रममा प्राध्यापक राज्यश्री श्रेष्ठले नेपालमा ब्युटिसियनहरूको संख्या दिनानुदिन बढदै गएको उल्लेख गर्दै सबैमाझ हातेमालो हुन सके यस क्षेत्रलाई थप व्यापकता दिन सकिने बताइन्।

त्यसैगरी, बरिष्ठ सौन्दर्य विद कमला श्रेष्ठले सौन्दर्य व्यवसाय ओझेलमा परिरहेको अवस्थामा फेसियल हाउस उद्योगका रुपमा स्थापित गराउन सफल भएकोमा प्रबन्ध निर्देशक महरालाई धन्यवाद दिँदै हाल ८ देखी १२ कक्षासम्म पाठ्यक्रममा समावेश हुनु सुखद रहेको बताइन् ।कार्यक्रममा प्राध्यापक अरुणा रायमाझी, शशि शाह लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा लक्ष्मी बर्देवा र जीवन भट्टराई दम्पतीलाई शिवपार्वती सम्मानबाट सम्मानित गरियो भने महिला उद्यमीतर्फ रेखा शर्मा चौधरी लगायतलाई सम्मान गरिएको थियो । तीजको दर खाने कार्यक्रम सहितको उक्त महोत्सव कार्यक्रमका सहभागी महिला दिदी बहिनीहरूले तीज गीतमा नाचगान समेत गरेका थिए ।




