भरतपुर/भरतपुर महानगर स्काउटको समन्वय तथा अङ्कुरम एकेडेमी भरतपुरको बिशेश व्यवस्थापनमा स्मार्ट स्काउट प्याट्रोल लिडर तालिम शनिबार भरतपुमा सम्पन्न भएको छ । दुइ दिन सम्म चलेको जिल्ला स्तरीय प्याट्रोल लिडर तालिममा भरतपुर महानगर उप प्रमुख तथा महानगर स्काउट प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर स्काउटलाई देश कै उत्कृष्ट स्काउट बनाउने गरि आफूले काम गर्ने बताउनु भएको छ ।

स्काउट मानविय तथा सामाजिक हितको काममा सक्रिय रहेको भन्दै उप प्रमुखले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्वार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने हुँदा महानगर स्काउटलाई देश कै नमुना बनाउनेमा आफू कटिबद्ध रहेको पनि बताउनु भयो । उहाँले युवाहरुको नेतृत्व विकासमा स्काउटले खेलेको भूमिका प्रति प्रशंसा समेत व्यक्त गर्नु भयो । स्कुलका स साना विद्यार्थीहरुलाइ गुणस्तरिय शिक्षा सगै सिद्धान्त र अनुशासित हुने पाठ सिकाउन पनि आबस्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो, तब मात्रै एउटा विद्यार्थी पुर्ण रुपमा विद्यार्थी हुनेछ । तालिममा चितवन जिल्ला भरी बाट २३ वटा बिद्यालय र रोभर रेन्जर सहित २ सय ५० जनाको सहभागीता रहेको थियोे । स्काउट सन्चालन भएका स्कुलहरुमा ८ जना विद्यार्थी बराबर १ जना प्याट्रोल लिडर हुनेछ भने ३२ जना बराबरको टिमलाइ ट्रुप भनिन्छ ।

बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउट कटिबद्ध रहदै आएको छ । तालिम अबधि भर चितवन स्मार्ट स्काउट क्रु का अध्यक्ष शिव बहादुर कुबर,कोषाध्यक्ष इश्वर गुरुङ,अकुरम एकेडेमीका प्राचार्य सुमन पौडेल,इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरे, सामुदायिक बिद्यालयहरुको तर्फबाट बिन्दु प्रसाद पौडेल र प्याब्सन भरतपुर महानगरका अध्यक्ष लेखनाथ खनालले समन्वय र सहजीकरण गरेका थिए ।




