भरतपुर/चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम) को आयोजनामा महिलाहरुकोे महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।
चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम)का प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमी, समाजसेवी एवम् चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम)की सञ्चालिका लक्ष्मी गुरुङ्ग प्रमुख अतिथि रहनुभएको थियो ।

चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम)का प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गले चितवन जिम चितवनको सबैभन्दा पुरानो जिम भएको र क्षेत्रपुर, भरतपुर र गैडाकोट गरी तीन ठाउँमा सञ्चालन गरिएको बताउनुभयो । जिममा आउने महिला दिदीबहिनीहरुलाई लक्षित गरी जिमबाट प्रदान गरिएको एरोबिक, जुम्बा कक्षाहरुमा विशेष छुटका साथ अन्य थप सुविधाहरु प्रदान गर्दै आएकोले महिला दिदीबहिनीको जिमप्रति आकर्षण बढेको बताउनुभयो ।

चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम)का प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम)का संरक्षक लालबहादुर रायले कार्यक्रममा सहभागी दिदीबहिनीहरुलाई तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पत्रकार राजु भट्टले सञ्चालन गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रमलाई चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम)का प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । कार्यक्रम पश्चात महिला दिदीबहिनीहरु तीजका गीतहरुमा नृत्यसँगै डि–मासको डिजेमा मनोरञ्जन गरेका थिए ।





