कालिका/दिगो संरक्षणका लागि तारजाली सहितको बृक्षारोपण भन्ने उद्देश्य अनुरुप लायन्स क्लव अफ नारायणगढ लालीगुराँसको आयोजनामा कालिका नगरपालिका वडा नं. ५ स्थित भीमवली सामुदायिक वन अन्तर्गतको पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।
लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी विमला अधिकारीको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक गभर्नर लायन सिद्दार्थलाल चुके प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन चुकेले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । २० वटा कपुरको विरुवाहरु मध्ये १० वटा विरुवालाई तारबार सहित र अन्य १० वटालाई सामान्य अवस्थामा वृक्षारोपण गरिएको लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी विमला अधिकारीले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा सेकेण्ड डिष्ट्रिक गभर्नर लायन दिनानाथ न्यौपाने, क्याविनेट सचिव राजेन्द्र गौतम, डिष्ट्रिक चिप लायन शंकर नेपाल, क्लष्टर चिप–४ लायन दुर्गा लक्ष्मी श्रेष्ठ, ए.ओ. जि. लायन विनिता कोइराला नेपाल, डिष्ट्रिक डिपुटी लायन भिष्म खनाल, भीमवली सामुदायिक वनका अध्यक्ष जयचन्द्र प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी सचिव लायन मञ्जु पौडेलले सञ्चालन गर्नुभएको थियो ।




