देवघाट/६ जिल्लाका चौबीस जेसीज शाखाको आयोजनामा साउन महिनाको अन्तिम सोमबार अर्थात आयोजित कार्यक्रमको समापन दिन देवघाटधाम पाल्नु हुने धर्मालम्वी भक्तजनहरुको स्वस्थ्यलाई मध्यनजर गरी आयोजित स्वास्थ्य शिविर तथा पानी वितरण कार्यक्रम उत्साहजनक सहभागितामा सम्पन्न गरिएको छ।

साउन महिनाको ५ वटा सोमवार नै आयोजित यस कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीज्यूहरु , सबै शाखा अध्यक्षज्यूहरु, संस्थामा आवद्ध पदाधिकारी साथीहरुको निरन्तरको उपस्थितिले कार्यक्रम अवधिभर निकै उत्प्रेरणा मिलेकोबारे नारायणगढ जेसिजका अध्यक्ष तथा यस कार्यक्रमको संयोजक जेसी अमृत श्रेष्ठले बताउनुभयो। कार्यक्रमलाई सव्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने जस्तै: स्वास्थ्य शिविरलाई प्राविधिक सहयोग गर्नुहुने श्री पुष्पाञ्जली हस्पिटलका मेडिकल टिम, सुरक्षा निकाय लगायत सबै संस्था र महानुभावहरुलाई आयोजक जेसीज शाखाहरुको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।





