• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

देश कै इतिहास बोकेको भरतपुर महानगरपालिका


  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित
  • भरतपुर नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको सदरमुकाम तथा महानगरपालिका हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठूलो सहर हो। वि.सं. २००० को दशकसम्म घनाजङ्गलको रूपमा रहेको भरतपुरको बजार क्षेत्रमा थारु, बोटे, दराई समुदायको मानिसहरूको बसोबास रहेको थियो। सानो नाकाको रूपमा रहेको भरतपुरको विकासमा वि.सं. २०१२ मा तत्कालीन सरकारद्वारा ल्याइएको ‘राप्ती दुन विकास योजना’ ले गर्दा बस्ती बसाउने कार्यको थालनी भएको थियो। अमेरिकी सहयोगमा सुरु गरिएको सो आयोजनाको प्रमुख कृष्ण बम मल्ल थिए। योजनावद्ध रूपमा नभएता पनि यसै परियोजनाको फलस्वरुप भरतपुरमा अस्पताल, विद्यालय र सरकारी कार्यालयहरूको लागि जग्गा खाली राखेर सर्वसाधारणहरूलाई जग्गा बाँडी बसोबास गर्न प्रोत्साहित गरिएको थियो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो।

    Advertisement

    नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकाको कुल जनसंख्या ३ लाख ६९ हजार ३७७ रहेको छ । जसमा पुरुषको संख्या १ लाख ७९ हजार ७४४ र महिलाको संख्या १ लाख ८९ हजार ६३३ रहेको छ । भरतपुर महानगरपालिकामा पुरुषभन्दा महिलाको संख्या ९ हजार ८ सय ८९ ले बढी छ । पुर्ब या पश्चिम जता बाट आए पनि अथवा गए पनि भरतपुर महानगर नभईकन देशको कुनै पनि प्रदेश, क्षेत्र या कुनै भु भागमा पुग्न सकिदैन ।

    चितवन जिल्लामा सातै प्रदेशका सबै जात जाति, धर्म सस्कृती, रितिरिवाज भएका मानिसहरुको बसोबास भएको पाइन्छ । त्यस मध्ये अधिकाश मानिसहरु भरतपुर महानगरपालिकामा स्थायी रुपमा बसोबास गर्दै आइरहेका छन । राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिक लगाएतका सबै दृस्ठिकोणबाट भरतपुर महानगरपालिका अब्बल पनि मानिएको छ किन नि देशमा हुने गरेका कुनै पनि क्रियाकलापको सुरुवात या भनौ उद्गगम स्थल भरतपुर महानगरपालिका नै मानिन्छ । राजनीतिक तवर बाट हेर्दा कुनै पनि घटना तथा परिघटना, आन्दोलन, आवरण अनशनहरुको श्री गणेश प्राय जसो यहि महानगर बाटै हुने गरेकोमा कसैको दुई मत छैन । देशका छ महानगर मध्ये भरतपुर महानगर आफैमा उदाहरणीय र अनुकरणीय मानिनुको पछाडी भरतपुर महानगरको शिक्षा, स्वास्थ, पर्यटन, कृषि, पशुपालन, बिकास निर्माण,अथाह पर्यटकीय गन्तव्यहरु, विभिन्न जात जातिहरुको कला सस्कृती नै हो । पवित्र नारायणी नदी तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालिन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतको सबै भाग र कल्याणपुर गाउँ पञ्चायतको आंशिक भागलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाएको थियो।

    भरतपुर नगर पञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके थिए। वि.सं. २०४७ सालमा देशमा नेपाल अधिराज्यको संविधान २०४७ लागु भएपछि नगरपालिकाको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले भरतपुर स्वतः नगरपालिका बन्न पुगेको थियो। यो नगर चितवन जिल्लाकै पहिलो नगरपालिका समेत हो। नगरपालिका बनेपछि यहाँ सडक विकासको काममा तीव्रता आएको थियो। वि.सं. २०७१ मङ्सिर १३ गते नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने सिफारिस गरे अनुरूप नेपाल सरकारको निर्णय बमोजिम वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भरतपुर पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार भएको थियो। उक्त समयमा भरतपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर गाविसलाई समावेश गरिएको थियो। नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारको गठन भएपछि वि.सं. २०७३ फाल्गुण २७ गते भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरेपछि हाल यस महानगरपालिकामा २९ वटा वडाहरू छन्।

    अहिले भरतपुर महानगरको बिकासको गतिलाइ सबै महानगर तथा उप महानगर र नगरपालिकाहरुले पछ्याइ रहेका छन । बिकास हेर्न भरतपुर जाउ भन्ने अभिप्रायलाई आत्मसात गरेर अगाडी बढेकाे छ भरतपुर महानगर । वास्तबमै भन्नू पर्दा बिकासको स्वरुप या भनौ बिकासको गति नेपालमा आएको छ भने त्यो भरतपुर मै छ । पछिल्लो समय भरतपुर महानगरको बिकासको गति कसरी अगाडी बढिरहेको रहेछ भनेर महानगरमा अन्यत्रबाट आउनेको सख्या या लर्को दैनिक रुपमा लामो छ । महानगरमा दैनिक ठुलो सख्यामा बिकासको मोडल हेर्न भिजिटरहरु आउने गरेका छन । महानगरको बिकासको अवस्था, भावी योजना तथा आयोजना, केन्द्र देखि तल्लो तह सम्मको सम्बन्ध कसरी स्थापित गर्ने भन्ने थुप्रै विषयहरुको बारेमा जानकारी दिन महानगर प्रमुख रेनु दहाल र उप प्रमुख चित्रसेन अधिकारीलाई भ्याइनभ्याई समेत हुने गरेको छ । जननिर्वाचित भएर आएपछि उहाँहरुले जनताका दैनिक कामकारबाहीलाई कत्ति पनि नरोकी अहोरात्र खटेर काम गर्दै आइरहनु भएकै छ । यो सबैको सामु सर्ब बिदितै र एना जस्तै छर्लङ्ग छ । महानगर हाल हाइ स्मार्ट सडक बत्ति, सिटि हल, रिङ्ग रोड तथा लिन्क रोड, भरतपुर विमानस्थल विस्तार, नारायणगढको शहिदचोक र भरतपुरको हाकिम चोकमा आकाशे पुल लगाएतका अन्य थुप्रै गौरबका आयोजनाहरुको निर्माणमा लागिपरिरहेको छ । बाकी समयमा यो त्यो, आफ्नो अरुको, यो पार्टी त्यो पार्टी नभनी बिकास निर्माणका काममा कत्ति पनि बिचलित नभईकन काम गर्ने प्रतिबद्धता नगर प्रमुख तथा उप प्रमुखको रहेको छ ।

    आइतबार, साउन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.