कानागावा नेपाली कम्यूनिटीको तेश्रो अधिवेशन यही अगष्ट २२ तारिख सोमवार हुनेभएको छ । बिधानत् गतबर्ष नै हुनुपर्ने अधिबेशन कोरोना भाईरसको कारणले अनिश्चित कालको लागी स्थगित भएको थियो । अधिबेशनको लागि प्रकाश पौडेल माईलाको संयोजकत्वमा बाबुराम भण्डारी र लोकनाथ वस्तीको सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको अध्यक्ष हरी सापकोटाले जानकारी दिनुभयो ।
निर्वाचन कार्यतालिका अन्तर्गत उमेद्वार मनोनयन अगष्ट १९ र २० तारिक तोकिएको छ भने दाबी बिरोध र फिर्ता गर्ने समय २१ तारिक सम्म तोकिएको छ भने अन्तिम नावाली प्रकाशन २२ तारिख हुने बताईएको छ । संस्थाले स्थापना काल सन् २०१७ साल बाट हालसम्म कानागावामा बस्ने नेपालीहरूलाई बिभिन्न सहयोगका कार्यक्रमहरु आयोजन गर्दै आईरहेको छ । संस्थाको नेतृत्वका लागि संस्थाका उपाध्यक्ष मनिष अमात्य, पुर्व सचिब राजेन्द्र श्रेष्ठ र बर्तमान सचिव यमकान्त कंडेलको दावी रहेको चर्चा चलेको पनि बताईएको छ।




