भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले अध्ययनको शिलशिलामा नेपालीहरु बिदेशमा गएर बस्ने चलनले नेपालको बिकास र समृद्धिमा ठुलो असर परेको बताउनु भएको छ । एक्सपर्ट एजुकेसन सर्भिसेज प्रा लि भरतपुर चितवनको १९ औ वार्षिक साधारणसभा तथा खुल्ला रक्तदान कार्यक्रममालाई आज भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले बौद्धिक ब्यक्तिहरु अध्ययनको शिलशिलामा बिदेशमा गएर स्थायी रुपमा बसोबास गर्दा त्यसको असर नेपालको बिकास र समृद्धिमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आप्रवासीहरुलाई न्यूनीकरण गर्नु आजको आबस्यकता रहेको भन्दै बिदेशमा सिकेको सिपलाइ स्वदेशमा आएर प्रयोग गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

बिदेशमा कमाएको धनको स्वदेशमा सहि सदुपयोग नहुदा त्यसले समाजमा नकारात्मक सन्देश दिएको पनि उप प्रमुख अधिकारीले बताउनु भयो । यसै बिच एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट चितवनका पुराना पत्रकार ईश्वरकुमार जाेशी सम्मानित हुनु भएको छ । सस्थाले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्दै पत्रकार जोशीलाई सम्मान गरेको हो। पुरस्कारको राशी नगद २५ हजार एक सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ । जोशीलाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका अध्यक्ष घनानाथ अर्याल र भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र र नगद सहित सम्मान गर्नु भएको हो।

प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशील पत्रकारमध्ये एकजनालाई सम्मान गर्ने नीति बनाएको सस्थाका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनु भयो । सम्मानित जोशीले २०५० सालबाट पत्रकारिता पेशाको सुरुवात गर्नु भएको थियोे । जोशी हाल नेपाल टेलिभिजन र बिबिसी नेपाली सेवाको चितवन संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ । वार्षिकोत्सवकै अवसर पारेर आज साँझ देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम समेत राखिएको छ । कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल,नेपाल पत्रकार महासघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकाल र भरतपुर हाइट टोल बिकास सस्थाका अध्यक्ष मन्जु पाठकले मन्तव्य राख्नु भएको थियोे ।




