भरतपुर/“हाम्रो भरतपुर हामी आफैं सफा गछौं” भन्ने मुल उद्देश्यका साथ योङ्ग कम्युनिष्ट लीग नेपाल (YCL) चितवनले साप्ताहिक सरसफाई अभियान अन्तर्गत आज भरतपुर महानगरपालिका वडा नं. स्थित केन्द्रीय बस टर्मिनल वरपरको क्षेत्रको सरसफाई गरेको छ ।
Advertisement

समाज विकासका लागि सरसफाई निकै महत्वपूर्ण हुने सन्देशका साथ योङ्ग कम्युनिष्ट लीग नेपाल (YCL) चितवनले सरसफाई अभियानलाई साप्ताहिक रुपमा अगाडि बढाईरहेको छ । भरतपुरमा सम्पन्न सरसफाई अभियानमा जिल्ला तथा वडा तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




