• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

महानगरको बिकासमा वडातहको भूमिका महत्त्वपूर्ण रहने


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरको बिकासमा वडातहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ । वडातहले आफुले गर्नु पर्ने काम तथा बनाउनु पर्ने विभिन्न समितिहरुलाई समयमै बनाउन नसक्दा त्यसको असर महानगरको बिकासमा देखिने बताउनु भयो । अटिजम केयर चितवन सोसाइटीको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा समाबेशी शिक्षा परियोजनाका सम्बन्धमा वडा अध्यक्ष तथा सचिबहरु सग भएको कार्यशाला गोष्ठीलाई भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले समिति बनाउने देखि लिएर बाकी सबै कामहरुलाइ तत्कालै सम्पन्न हुने गरि तयसको नतिजा महानगरमा ल्याउन वडा अध्यक्षहरुलाइ अपिल गर्नु भयो । साथै उहाँले वडा कार्यलयमा आएका सूचनाहरुलाइ वडा अध्यक्ष सग समन्वय र सहकार्य गरि सोही अनुसार अगाडि बढाउन पनि सचिबहरुलाइ निर्देशन दिनु भयो । उप प्रमुख अधिकारीले समाबेशी शिक्षा आफैमा महत्त्वपूर्ण शिक्षा भएको पनि बताउनु भयो । समाबेशी शिक्षा कै कारण अपांगता भएका ब्यक्तिहरुले प्रगति गरेको देख्दा आफूलाइ ज्यादै खुशी लागेको पनि उल्लेख गर्नु भयो ।

    Advertisement

    त्यस्तै कार्यक्रममा बोल्दै भरतपुर १० का अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले समाजमा अझै पनि अपांगताको बारेमा जनचेतनाको कमि भएको बताउनु भयो । अपांगताको बारेमा घर घरमा जनचेतना पुर्‍याउन सकेको खण्डमा मात्रै समाजले अपांगहरुलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने प्रष्ट पार्नु भयो । कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले समाबेशी शिक्षा परियोजनाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले अटिजम अपांगता एक जटिल प्रकारको अपांगता भएको बताउनु भयो । उहाँले जन्मदै आउने अपांगता, जन्मेपछी हुने अपांगता, भइ परि आउने अपांगता र आहार बिहारका कारणबाट हुने अपांगताका विषयमा प्रष्ट पार्नु भएको थियोे । महानगरले आगामी दिनमा आधुनिक खालको डिजिटल परिचयपत्र दिने तयारी गरेको पनि पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १३,१५ र २९ नम्बर वडाका अध्यक्ष र सचिबहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको समाबेशी शिक्षाको अधिकारको बारेमा पनि वडा अध्यक्ष र सचिबहरु सग छलफल गरिएको छ । समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ ।

    परियोजना ८७ वटा स्कुलमा लागू भएको छ । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा अटिजम केयर चितवन सोसाइटीका निर्देशक प्रमिला न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै ह्यान्डिक्याप इन्टरनेशनलका प्रोजेक्ट अफिसर रमेश बरालले नेपालमा अपांगताको अवस्था, अवसर र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियोे । यसैगरी राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडका प्रतिनिधिले पनि गोष्ठीमा अपांगताका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।भरतपुर महानगरले गत असार मसान्तसम्ममा एक हजार ६ सय ६६ जनालाई अपांगता परिचयपत्र बितरण गरिसकेको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, १ का अध्यक्ष केशव मर्हर्जन,११ नम्बरका वडा सचिब ओम प्रकाश न्यौपाने,गैरसरकारी सस्था समन्वय तथा सामुदायिक परिचालन शाखाको शाखा प्रमुख सुकदेब ढकालले समाबेशी शिक्षा र अपांगता भएका ब्यक्तिहरुको हक अधिकारको बारेमा बोल्नु भएको थियोे । परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल, लियोनार्ड चेसाइर र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन । परियोजनाको अबधि ३ बर्षको रहेको छ ।

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.