भरतपुर/“मिलेन लेबल तेरो बाऊ बोला”, “कलाको म धनी म”, “फाइन्नली भेटियो” “गोली खान्छस् रे” लगायतका लोकप्रिय हिपपप गीत गाएर युवा माझ निकै चर्चा बटुल्न सफल गायक GBOB (जि–बब)ले स्नुक्स क्याफे एण्ड पप भरतपुरमा शुक्रबार साँझ आफ्नो प्रस्तुति दिनेछन् ।
चितवनमा सम्भवत् पहिलो पटक स्नुक्स क्याफे एण्ड पप भरतपुरको आयोजनामा GBOB (जि–बब)ले आफ्ना स्रोता एवम् दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने स्नुक्स क्याफे एण्ड पप भरतपुरका प्रबन्ध निर्देशक अच्युतराज भट्टले जानकारी दिनुभयो । उनको शो हेर्नका लागि अग्रिम टिकट ८०० र सोही दिनको टिकट मूल्य रु.१००० रहेको छ ।
साउन २० गते शुक्रबार साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रममा जि–बबलाई PLUS DIVIDE (प्लस डिभाइड), SUBRAH (सुब्रह) र DJ DE MASH (डिजे डिई मास) ले साथ दिनेछन् ।
Advertisement




