• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर अस्पतालमा विज्ञापन भन्दा २४ सय प्रतिशत बढीको आवेदन

"स्टाफ नर्स तर्फ करार सेवामा १७ र मासिक ज्यालादारी सेवामा ७ गरी कुल २४ जना माग "

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • चितवन/चितवनस्थित भरतपुर अस्पतालमा विज्ञापन भन्दा २४ सय प्रतिशत बढीको आवेदन परेको छ । अस्पतालले गत सोमबार स्वास्थ्य तर्फका विभिन्न पदमा ४७ जना स्वास्थ्यकर्मीको लागि विज्ञापन खुलाएको थियो । साउन ९ देखि १५ गतेसम्म एकसाता दरखास्त दिने समय तोकिएको थियो ।  दरखास्त दिने अन्तिम दिन हिजो आइतवार साँझसम्म सबै पदमा गरी १ हजार १ सय ८१ जनाको आवेदन परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । यो आवेदन माग गरिएको संख्या भन्दा २ हजार ४ सय १३ प्रतिशतले बढी हो ।

    Advertisement

    नर्सको मात्रै आवेदन ३ हजार ६ सय ५४ प्रतिशतले बढी

    यसरी आवेदन दिने मध्य स्टाफ नर्स पदको लागि सबै भन्दाबढी छ । स्टाफ नर्स तर्फ करार सेवामा १७ र मासिक ज्यालादारी सेवामा ७ गरी कुल २४ जना माग गरिएको छ । जसमा ९ सय १ जनाले आवेदन दिएका छन् । यो आवेदन माग गरिएको विज्ञापन भन्दा ३ हजार ६ सय ५४ प्रतिशतले बढी हो । त्यस्तै, चिकित्सक तर्फ मेडिकल अधिकृत पदको लागि करार सेवामा ८ र मासिक ज्यालादारी सेवामा ५ जना गरी कुल १३ जना माग गरिएमा ५५ जनाको आवेदन परेको छ । त्यसैगरी, फार्मेसी सहायक तर्फ करार सेवामा ५ जना माग गरिएकोमा ९१ र ल्याव टेक्निसियन तर्फ करार सेवामा १ र मासिक ज्यालादारीमा ४ गरी ५ जना माग गरिएकोमा १ सय ३४ जनाको आवेदन परेको छ । छनोट प्रक्रियामा चिकित्सक तर्फ मेडिकल अधिकृत पदको लागि अन्तर्वार्ता मात्र हुने छ । अन्य पदको लागि भने लिखित र अन्तर्वार्ता दुवै हुने अस्पतालले जनाएको छ । करार र मासिक ज्यालादारी सम्बन्धमा अस्पतालले विज्ञापनमा केही संशोधन गरेको छ । ठूलो संख्यामा बिरामी आउँने र भीडभाड हुने यस अस्पताल यसरी माग गरिएको यो विज्ञापन अझै प्रयाप्त भएको छैन । सरकारको ध्यान नपुग्दा सीमित कर्मचारीको भरमा काम गर्नुपर्ने अस्पतालको बाध्यता छ ।

    अस्पतालको क्षमता बढी, कर्मचारी कम

    नेपाल सरकार मन्त्री परिषद्को मिति विसं २०६७ कार्तिक ८ गतेको निर्णयबाट ३ सय शैया स्वीकृत प्राप्त तथा अस्पताल विकास समितिबाट ३ सय शैया थप गरी हाल यस अस्पताल ६ सय शैया क्षमतामा सञ्चालित छ । यस अस्पतालमा नेपाल सरकारको दरबन्दी सङ्ख्या भने जम्मा १ सय ७५ मात्र रहेको छ । जुन अस्पतालमा सञ्चालित शैया क्षमताको तुलनामा अत्यन्तै न्यून हो ।

    स्थायी कर्मचारी १ सय ६२ जना मात्रै

    हाल अस्पतालमा नेपाल सरकारबाट स्थायी कर्मचारी १ सय ६२ जना मात्रै छन् । त्यस्तै नेपाल सरकार अन्तर्गत करारमा ८ जना, छात्रवृत्ति तर्फ २९ जना, आमा सुरक्षा कार्यक्रम अन्तर्गत १६ जना, पोषण गृह कार्यक्रम अन्तर्गत ९ जना र अन्य कार्यक्रम अन्तर्गत २ जना गरी जम्मा २ सय २६ जना कर्मचारी कार्यरत छन् । जसमा नेपाल सरकारको दरबन्दी सङ्ख्या भने जम्मा १ सय ७५ मात्रै छ । विकास समितिको भरमा अस्पताल   यस अस्पतालमा अधिकांश कर्मचारी अस्पताल विकास समिति अन्तर्गत छन् । त्यसमा पनि अधिकांश करारमा छन् । विकास समिति अन्तर्गत स्थायी ६२ जना, अस्थायी २ जना, करार ३ सय १ जना, दैनिक ज्यालादारी ६५ जना र नर्सिङ कलेजतर्फ करारमा कार्यरत कर्मचारी १७ जना गरी जम्मा ४ सय ४८ जना कर्मचारी कार्यरत छन् । अस्थायी समेत गरी विकास समितिबाट दरवन्दी स्वीकृत ४ सय ५० छ । सेवा परामर्श तर्फ १ सय ३५ जना कार्यरत हाल अस्पतालको सेवा परामर्श तर्फ सामाजिक सेवा एकाइ सहजकर्ता १२ जना, सुरक्षाकर्मी २४ जना र सरसफाइकर्मी ९९ जना गरी जम्मा १ सय ३५ जना कर्मचारी कार्यरत छन् । नेपाल सरकारतर्फ स्वीकृत दरबन्दीहरू पुनरावलोकन गरी आवश्यक प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । जसमा आगामी ५ वर्षभित्र हाल कायम रहेको १ सय ७५ दरबन्दीलाई बढाइँ १ हजार ३ सय २३ दरबन्दी प्रस्ताव गरी स्वीकृतिका लागि मन्त्रालयसमक्ष पेश गरिएको अस्पतालले जनाएको छ ।

    बिरामीको आशाको केन्द्र तर, घण्टौं लाईनमा

    नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । तर, बिरामीको चाप बढी रहने यस अस्पतालमा सीमित कर्मचारी र व्यवस्थित पूर्वधारको अभावमा घण्टौं लाईनमा बस्नु पर्ने तीतो यथार्थ सबै सामु छर्लङ्ग छ । यद्यपि यस समस्याको समाधान तर्फ सरोकारवाला निकायको खासै ध्यान पुगेको देखिएको छैन । अस्पतालको सेवा सुविधा तथा उपचारलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको ध्यान पुग्नु जरूरी देखिन्छ ।

    -स्रोत ः हाम्रो डाक्टर न्यूज

    मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.