भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले आफ्नो ५ बर्से कार्यकालमा भरतपुर बासिहरुको जनचाहना अनुसार नै बिकास निर्माण गर्ने बताउनु भएको छ । महानगरको बिकासको क्रममा यो त्यो नभनी जनप्रतिनिधिको नाताले सबैको साझा भएर काम गर्न आफू तयार रहेको पनि स्पष्ट पार्नु भयो ।

सगरमाथा टोल बिकास सस्था, सौगातटोल आमा समूह र सौगातटोल बाउ समूह भरतपुर १७ ले सयुक्त रुपमा आयोजना गरेको जनप्रतिनिधि स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले वडा बाट आएका योजनाहरुलाइ प्राथमिकताको आधारमा राखेर निर्माण गरिने पनि बताउनु भयो । उहाँले वडातहमा महिलाहरु चेतनशील हुनु जरुरी रहेको समेत बताउनु भयो । स्थानीय स्तरमा यस्ता समूहहरुको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँले बिकासमा महिलाहरुलाइ पनि पुरुष सरह अगाडि बढाउन सबै सग आग्रह गर्नु भयो । कार्यक्रमा भरतपुर १९ का वडा अध्यक्ष प्रकाश तामाङ,१७ का अध्यक्ष ललितमान तामाङ,सगरमाथा टोल बिकास सस्थाका अध्यक्ष सुक बहादुर गुरुङ,सौगातटोल आमा समूहका अध्यक्ष मन कुमारी गुरुङ, सौगातटोल बाउ समुहका अध्यक्ष गुन बहादुर गुरुङ लगाएतले मन्तव्य राख्नु भएको थियोे ।




