भरतपुर/टोल सुधार समिति स्याउली बजार र स्याउली बजार आमा समूहको आयोजनामा महिला स्वास्थ्य सम्बन्धि सचेतना एवम् आमा समूहको सुझाव संकलन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । टोल सुधार समिति स्याउली बजारका अध्यक्ष मधुसुदन ढकाल र स्याउली बजार आमा समूहकी अध्यक्ष शारदा शर्मा पौडेलको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल सुधार समिति स्याउली बजारकी पूर्व अध्यक्ष तुलसा ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमकी संयोजक शारदा शर्मा पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा टोल सुधार समिति स्याउली बजारका सल्लाहकार राकेशमान श्रेष्ठ, स्याउली बजार आमा समूहकी निवर्तमान अध्यक्ष भगवती पौडेल, पूर्व अध्यक्षहरु मीना चापागाई, हरि कृष्ण शर्मा, कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका कार्यालय वडा नं.१० का वडाअध्यक्ष परमेश्वर खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । महिला स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रमलाई टोल सुधार समिति स्याउली बजारका अध्यक्ष मधुसुदन ढकालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

त्यस्तै गरी समूहको सुझाव संकलन अभिमुखीकरण कार्यक्रममा निर्मला पौडेल र शुसिला तिवारीले महिला स्वास्थ्य सम्बन्धि सचेतना अन्तरसम्वाद तथा प्रस्तुतिकरण गर्नुभएको थियो । भने आमा समूहको सुझाव संकलन दयाराम कँडेलले गर्नुभएको थियो । टोल सुधार समिति स्याउली बजारका सचिव रामबाबु श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई कार्यक्रम संयोजक शारदा शर्मा पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




