सेसेल्स/ गैरआवासीय नेपाली संघ सेसेल्सले दुवै मृगौला खराब भएर उपचाररत बागलुङ्का मन बहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकोछ । बागलुङ् जिल्ला बरेङ् गाउँपालिका–३, बाटाकाचौर साग्दी निवासी थापाको २०७३ साल असोजमा उच्च रक्तचापका कारण टाउकाको दुइवटा नशा फुटेर गम्भीर असर परेको थियो । टाउकाको मेजर अप्रेशन पश्चात पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नआउँदै फेरि यतिबेला दुवै मृगौलाले काम गर्न छोडेपछि थप शारिरीक र आर्थिक संकटमा परेका थापालाई मृगौला प्रत्यारोपण गर्नका लागि गैर आवासीय नेपाली संघ सेसेल्सले आर्थिक सहयोग गरेको हो ।

पूर्वी अफ्रिकी मुलुक सेसेल्समा कार्यरत मनकारी नेपालीहरुबाट स्वेच्छिक सहयोग संकलन गरेर गैरआवासीय नेपाली संघको सचिवालय काठमाडौँमा एनआरएनए अफ्रीका क्षेत्रीय उप–संयोजक आर पि पन्त, राष्ट्रिय समन्वय परिषद सिसेल्सका प्रास्लिन आइल्यान्ड संयोजक सागर थापा, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोपका क्षेत्रीय युवा संयोजक रमेश काफ्ले, एनआरएनए स्पोर्ट्स एकेडेमीका पदाधिकारीहरु, सचिवालयकी सहायक निर्देशक संगीता आवाले लगायतको उपस्थितिमा संघका केन्द्रिय अध्यक्ष कुल आचार्य द्वारा हस्तान्तरण गरिएको हो । संकलित रकम सेसेल्स रुपियाँ १६,२७७ अर्थात नेपाली रुपियाँ एकलाख ४५ हजार ८०० (१,४५,८०००) साउन ८ गते आइतवार हस्तान्तरण गरिएको हो ।




