भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले विकासमा राजनीति नगर्न आग्रह गर्नु भएको छ । उप प्रमुख अधिकारीले विकासको कुरामा राजनीति नगरी विभिन्न सरकारी योजना तथा कार्यक्रमहरुलाइ साकार रुप दिन एकआपसमा मिलेर सहकार्य गरी ती कामलाई सफल पार्नुपर्नेमा जोड दिनु भयो ।
भरतपुर महानगर पालिका वडा न ४ कार्यलयको भबन शिलान्यास तथा राममन्दिर आधारभूत स्वास्थ्य केन्द्रको भबन उद्वघाटन समारोहमा बोल्दै उप प्रमुख अधिकारीले स्वास्थ्यमा पहुँच पुग्ने गरि जनतालाई सेवा दिन स्वास्थ्य निकायका प्रतिनिधिहरु सग आग्रह गर्नु भयो । उहाँले वडा कार्यलयहरु हेर्दा सानो देखिए पनि महानगरको एउटा महत्त्वपूर्ण इकाइ भएकोले जनताको पहिलो सरकार वडा नै भएको स्पष्ट पार्नु भयो । वडाबाट प्रवाह हुने जनताका सेवाहरुलाइ चुस्त दुरुस्त बनाउन वडा अध्यक्षलाई निर्देशन समेत दिनु भयो । उहाँले ठेकदारहरुको समयमै काम सप्पन्न नगर्ने परिपाटी मौलाउदै गएको प्रती चिन्ता समेत व्यक्त गर्नु भयो ।

समयमै काम सम्पन्न नगर्ने ठेकदारहरु कालो सुचीमा परिरहेको बताउदै उप प्रमुख अधिकारीले ठेकदारको लापरबाही कै कारण बिकासको लहर जनताका बिचमा लैजान नसकिएको बताउनु भयो । उहाँले बिकासका काममा एक भएर लाग्न सबैमा अनुरोध समेत गर्नु भयो । उक्त स्वास्थ्य केन्द्रललाइ २० सैयाको अस्पताल बनाउने योजना रहेको वडा अध्यक्ष अर्पण पोख्रेलले जानकारी दिनु भयो । कार्यक्रम भरतपुर महानगर वडा न ४ का अध्यक्ष अर्पण पोख्रेलको अध्यक्षतामा सप्पन्न भएको थियोे । यसैबीच उप प्रमुख अधिकारीले निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन चितवनको कार्यलय भबन शिलान्यास गर्दै शिक्षाबाट अब कोहि पनि बन्चित हुन नपर्ने बताउनु भयो ।

शिलान्यासपछि उहाले शैक्षिक क्षेत्रको धरोहरका रुपमा रहेको प्याब्सनले आगामी दिनमा शिक्षाको क्षेत्रमा फड्को मार्ने पनि बताउनु भयो । चितवनको शैक्षिक इतिहासमा प्याब्सनको महत्त्वपूर्ण भूमिका रहेको बताउदै उहाँले सबैको साथमा महानगरले शिक्षाको क्षेत्रमा काम गर्ने बताउनु भयो । सस्थागत र सामुुदायिक बिद्यालयहरुको बिचमा हुँदै आएका विभेदहरुको अन्त्य हुनु पर्नेमा पनि उहाँले जोड दिनु भयो । प्याब्सन महानगरका अध्यक्ष लेखनाथ खनाल,प्रदेश सह कोषाध्यक्ष नबराज भट्ट,लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम प्याब्सन चितवनका अध्यक्ष किर्तिनिधि अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।




